zestkhabar

आइतबार, जेष्ठ २१ २०८०

  • आइतबार, जेष्ठ २१ २०८०
Janasawal - कृत्रिम ग्राहक देखाइ सरकारी काठ बेचबिखन , विभिन्न समितिको आड देखाइ पिडितलाइ धम्की दिदै पुस्पा कार्की

कृत्रिम ग्राहक देखाइ सरकारी काठ बेचबिखन , विभिन्न समितिको आड देखाइ पिडितलाइ धम्की दिदै पुस्पा कार्की

कृत्रिम ग्राहक देखाइ सरकारी काठ बेचबिखन , विभिन्न समितिको आड देखाइ पिडितलाइ धम्की दिदै पुस्पा कार्की


  • जनसवाल
  • शनिबार, जेष्ठ ६ २०८०
3.6K
SHARES

जेठ ६ कचनकवल झापा, कचनकवल वडा नं ७ स्थित दिपज्योती वन समितिले कृत्रिम ग्राहक खडागरी काठ बेचबिखन गरेको घटना खुल्न गएको छ।
आर्थिक रुपमा निम्न स्तरमा रहेका असारी राजवंशी लगायतको जानकारी बिना नै उनिहरुको नाममा बिल काटी समिती स्वयंले काठ बेचबिखन गर्ने गरेको तथ्य फेला परेको हो। कचनकवल स्थित चण्डि इटा भट्टामा रहेको काठ चिरान गर्ने मिलमा सखुवाका ३ गोला वरामद भएपछी यो तस्करिको खुलासा भएको हो।
असारी राजवंशीले सो घटनाको जानकारी पश्चात मेलमिलाप शाखामा निवेदन दिएता पनि सो उपर कुनै कारवाही भएको छैन भने उता समितिकी सचिव पुस्पा कार्की र उनका पति डिके कार्किले असारिलाइ धम्की दिएको पिडितले जनसवाललाइ बताएकी छिन।
म मेलमिलाप समितिमा छु तेरो मुद्दामा तलाइ फसाउछु भन्दै पुस्पाले धम्की दिएको साथै डिकेले पहिला कुट्छु जस्ता कुरा गरेको असारिले बताइन।
उता यस्तै अर्को घटनामा रिनपान गरि वालुवारी निवासी चक्र राजवंशीले ५६ किवि काठ २४०० रुपैया किविको दरले लिएता पनि उनलाइ ७०० को दर देखाइ जम्मा ३९ किविको मात्र बिल उपलब्ध गराएको पाइएको छ। चक्र सग भएको बिल सामाजिक संजालमा बाहिरिए पछि पुस्पा कार्किले किन बिल बाहिर देखाएको भन्दै चक्र लाई हप्काएको उनले बताए साथै उनको साथमा रहेको बिल पनि घरबाट खोसेर लगेको बताइएको छ।
आरोपित पुष्पा कार्किले तारमतार म मेलमिलाप समितिमा छु तेरो केही पर्दा म के गर्छु जस्ता कुरा गर्दै धम्काएकोप्रती असारी राजवंशी त्रसित छिन।
असारी राजवंशी र चक्र राजवंशी सग जनसवालले सम्पर्क गर्दा कृत्रिम ग्राहक अन्य धेरै बनाइएको तथ्य पनि फेला परेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट