सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण अब बदलिन्छ कि – वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

शुक्रबार, जेष्ठ ५ २०८०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रलाई हेर्न सरकारको दृष्टिकोण बदलिनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय वित्त निगमसँगको सहकार्यमा महासंघले तयार पारेको ‘स्टेट अफ प्राइभेट सेक्टर इन नेपाल’ अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।

अर्थतन्त्रमा निजी क्षेत्रले पुर्‍याएको योगदानका विषयमा जानकारी पाएपछि सरकारको दृष्टिकोण बदलिनुपर्ने उनकाे तर्क थियाे ।

अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत र रोजगारी सिर्जनामा ८५ प्रतिशत रहेको तथ्य पेस गर्दै उनले अब सरकारले निजी क्षेत्रलाई फरक हिसाबले हेर्नुपर्ने स्पष्ट पारे ।

‘प्रतिवेदनले सबै कुरा समेटेको जस्तो लाग्छ मलाई,’ उनले भने, ‘भोलिका दिनमा अर्थतन्त्रको विकासमा, हामीले सोचेको दिगो विकासका लागि यो प्रतिवेदन मार्गचित्र हुनेछ भन्ने विश्वास छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार