बिष्णु घिमिरे,साउदी अरेबिया गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अन्तर्गतको रियाद क्षेत्रीय समन्वय समितिको २०२३-२०२५ कार्यकालका लागि अध्यक्षमा महेश घिमिरे लाई चयन गरेको छ। साउदीको रियाद शहरमा सम्पन्न छैठौं क्षेत्रीय अधिवेशनबाट घिमिरेलाई चयन गरिएको थियो । अध्यक्षमा घिमिरे सहित उपाध्यक्ष राजु बराल ,सचीव जितेन्द्र थपलिया, सह-सचिब देवेन्द्र विश्वकर्मा, कोषाध्यक्ष नारायण श्रेष्ठ , सह कोषाध्यक्ष सन्जोग पान्डे चयन भएका छन भने सदस्यहरुमा नवराज डुम्रे, सुजन घिमिरे, सीतादेवी भट्टराई, कृष्ण माया हुमागाईँ, रोशन घ्लान तामाङ, जितेन्द्र चमार, नरेश महरा र मिन प्रसाद अधिकारी चयन भएका छन । कार्यक्रममा प्रमुख आतिथिको रूपमा नेपाली राजदूतावास रियादका प्रथम सचिब तथा कार्यबाहक नियोग उपप्रमुख ऋषिराज आचार्यको उपस्थिति रहनुको साथै एनआरएनए पदाधिकारी, भातृसंगठन, सामाजिक संघ संस्था, पत्रकार, कलाकार लगायतको उपस्थिती रहेको थियो । एनआरएनए साउदीले आगामी कार्यकाल 2023 – 2025 का लागि संगठनमा आबद्ध पन्जिकृत सदस्यको नविकरण तथा नयाँ सदस्यता लागि आबेदन खुल्ला गरेको छ जसका लागि १५ रियल शुल्क लिने व्यवस्था गरेको छ । एनआरएनए साउदीले क्षेत्रीय अधिबेशन सम्पन्न गदै आउँदो जुनमा हुने केन्द्रीय अधिवेशनको तयारी गरेको छ भने अध्यक्षको हुने भन्ने कुरामा अन्योल रहेको छ ।
