बैशाख २२, बिहिवार राति करिब ९:१० बजे बुद्ध एयरको बिमानबाट काठमाडौ जान लागेका दुई युवतिहरु लागू औषध सहित पक्राउ परेका छन। बिमानस्थल शुरक्षार्थ खटिएको प्रहरी टोलीले काठमाण्डौ जान लागेका, हेटौडा उपमहानगरपालिका वडा न.१ घर भई झापाको मेचीनगर बस्ने करिब २१ बर्षिय की सोनी श्रेष्ठ राजवंशीलाई शंका लागी चेकजाँच गर्दा निजले प्रयोग गर्ने भित्री बस्त्र (पेन्टी) भित्र २ वटा प्याडको बिचबाट करिब ७७ ग्राम ब्राउन सुगर फेला पारेको जिप्रका भद्रपुरले जनाएको छ।

महिनावारी हुदा लगाइने प्याडको झै आकार र साइज बनाई लुकाई लैजान लागेको लागूऔषध ब्राउन सुगर फेला परेकोले निज संगै रहेको निजकै दिदी करिब २३ बर्षकी संध्या श्रेष्ठलाई पनि पक्राउ गरिएको हो। दुई दिदिबहिनीहरुको साथबाट मोबाइल, लगायत सबै समान जफत गरि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय झापा राखिएको प्रहरीले जनाएको छ।