संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ। हेलिकप्टरले माथिल्लो अरूण जलविद्युत आयोजनाको सामान बोकेर उडेको थियो। ‘कार्गो स्लिङ’ गरिरहेको बेलामा दुर्घटना भएको बताइएको छ।
जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नि. सुभेस अधिकारीका अनुसार भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङको जिजिङ्खाममा हेलिकप्टर दुर्घटना भएको हो।
उद्धारको लागि प्रहरी टोली परिचालन भइसकेको प्रवक्ता अधिकारीले जानकारी दिए। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।