सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रवि लामिछानेका चालकको निधन, रास्वपाद्वारा दु:ख व्यक्त

सभापति लामिछानेका सवारी चालकको मृत्युप्रति रास्वपाद्वारा दु:ख व्यक्त

मंगलबार, बैशाख १९ २०८०

काठमाडौं । तीन तलाको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु थापाको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत उनको आज (मंगलबार) निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उपनिर्वाचनको संघारमा गत बैशाख ४ गते भरतपुरस्थित सभापति लामिछानेको घरको छतबाट घसेर थापा गम्भीर घाइते भएका थिए । उनलाई कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार गराइए पनि थप उपचारका लागि बैशाख ५ गते सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।

सभापति लामिछानेका सवारी चालकको मृत्युप्रति रास्वपाद्वारा दु:ख व्यक्त
राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा (शम्भु)को मृत्युप्रति दु:ख व्यक्त गरेको छ ।

महामन्त्री डा. मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा पार्टी निर्माणमा थापाको पनि योगदान रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा चालक थापाको उपचारका क्रममा निधन भएको र उनको देहावसानबाट पार्टी परिवार स्तब्ध भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार