zestkhabar

सोमबार, जेष्ठ २२ २०८०

  • सोमबार, जेष्ठ २२ २०८०
Janasawal - सुडानमा रहेका नेपालीलाई दूतावासको सम्पर्कमा आउन सरकारको आग्रह

सुडानमा रहेका नेपालीलाई दूतावासको सम्पर्कमा आउन सरकारको आग्रह

सुडानमा रहेका नेपालीलाई दूतावासको सम्पर्कमा आउन सरकारको आग्रह


  • जनसवाल
  • सोमबार, बैशाख १८ २०८०
1K
SHARES

काठमाडौं(जस)–परराष्ट्र मन्त्रालयले सुडानमा विकसित जटिल सुरक्षा अवस्थामा त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले निरन्तर अधिकतम प्रयास गरिरहेको जनाएको छ । मन्त्रालयले सो सम्बन्धमा हालसम्मको अवस्थाबारे विज्ञप्तिमार्फत जानकारी दिएको छ । परराष्ट्रका अनुसार सुडानमा रहेका नेपाली नागरिकसँग निरन्तर सम्पर्कमा रहि कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखिएको छ ।
सुडानमा कर्यरत २० जना नेपाली सुरक्षित रुपमा साउदी अरब पुगेका छन् । सुडानमा गृहयुद्ध चर्किएसँगै त्यहाँ कार्यरतमध्ये २० नेपाली साउदी अरब पुगेको पराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गृहयुद्ध चर्किएसँगै त्यहाँ कार्यरत नेपाली नागरिकहरुको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले निरन्तर अधिकतम प्रयास गरिरहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
जसअनुसार कायरोस्थित नेपाली राजदूतावासले उद्धार कार्य जारी राखेको छ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारी बाहेक हालसम्म ३० जना नेपाली नागरिक नेपाली राजदूतावास कायरोको सम्पर्कमा रहेको मन्त्रालयको भनाइ छ । दूतावासको अनुरोध बमोजिम पोर्ट सुडानमा पुगेका १९ जना नेपालीहरु साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा शहरमा पुगेको जेद्दास्थित नेपाली महावाणिज्यदूतावासले जानकारी गराएको छ । यसअघि नै थप एक जना नेपाली सकुशल जेद्दा पुगेका थिए । जेद्दा पुगेका २० जनालाई नै नेपाल फिर्तीका लागि सहजीकरण भइरहेको मन्त्रालयको भनाइ छ ।
यस्तै सुडानमा कार्यरत थप ११ जना नेपालीमध्ये पाँच जना पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेको र एक जनालाई खार्तुमबाट पोर्ट सुडान पु¥याउने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । तीन जना रोजगारदाता कम्पनीको सहयोगमा पोर्ट सुडान पुगी स्वेच्छाले त्यहाँस्थित एक होटेलमा बसेको र दुई जनालाई रोजगारदाता कम्पनीले खार्तुमबाट इजिप्टको सीमाना नजिकैको सुरक्षित स्थानमा लैजाने व्यवस्था मिलाएको राजदूतावासले जानकारी गराएको छ ।
अझै पनि सुरक्षा अवस्था असहज रहेको भन्दै मन्त्रालयले सबै नेपाली नागरिकहरुलाई सुरक्षित स्थानमा रहन र अत्यावश्यक काममा बाहेक बाहिर हिँडडुल नगर्न अनुरोध गरेको छ । आपतकालीन अवस्थामा कायरोस्थित नेपाली राजदूतावास (दीपक घिमिरे, द्वितीय सचिव, मोबाइल–ह्वाट्सएप २०१०९७७७२३४८, २०१०२९६०६६६२, इमेल)मा सम्पर्क गर्न पनि परराष्ट्रले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट