सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सिङ्गापुर पठाइदिने भन्दै रकम ठगी गर्ने मैनाली पक्राउ

बिहिबार, बैशाख १४ २०८०

काठमाडौं । वैदेशिक रोजगारीका लागि सिङ्गापुर पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधाराका ओमनाथ मैनाली रहेका छन् ।

मैनालीले काठमाडौँ गोङ्गबुका मीनबहादुर रानालाई वैदेशिक रोजगारीको लागि सिङ्गापुर पठाइदिने भन्दै पटकपटक गरी रु छ लाख ५० हजार ठगी गरेको आरोपमा निजलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । आरोपित मैनालीलाई काठमाडौँस्थित बबरमहलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयकाप्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार वैदेशिक रोजगार विभागको पत्रअनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयले मैनालीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा करबाहीको लागि आजै वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार