काठमाडौ । दुसित थानी हिमालयन अल्ट्रा लक्जरी रिसोर्ट धुलिखेलमा कार्यरत एक्जुकेटिभ सेफ भबी खनाल “अन्तर्राष्ट्रिय सेफ सम्मान २०२३” बाट सम्मानित भएका छन् ।
शनिबार फोकस नेपाल संस्थाद्वारा नाचघर जमलमा आयोजना गरिएको नवबर्ष तथा लोकतन्त्र दिवस–२०८० को शुभ अवसरमा आयोजित विशेष समारोहमा कार्यक्रमका प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले भव्य समारोहका बीच खनाललाई सम्मान गर्नु भएको हो ।सम्मानित खनाल बिगत लामो समयदेखि स्वदेश तथा बिदेशी गरी दर्जनौ विभिन्न होटल,रिसोर्ट एवम् हस्पिटालिटी प्रतिष्ठान काम गरेर अनुभव हासिल गरेका छन।आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तता दिँदै पाकशिक्षा एवम् प्रशिक्षण कार्यमा पनि उनी सकृय छन्।
फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई सम्मान सहित विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोे ।