सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यामाहा एरोक्स १५५ स्कुटरको बिक्री सुरु

सोमबार, बैशाख ४ २०८०

काठमाडौँ । यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतीक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङको बिक्री वितरण सुरुवात गरेको छ ।

यामाहा एरोक्स १५५ तीन फरक रङ्गहरूमा उपलब्ध छ: रेसिङ ब्लू, ग्रे वर्मिलियन, र मेटालिक ब्ल्याक । यसको मूल्य चार लाख चौहत्तर हजार नौ सय रुपैयाँ रहेको छ । यसलाई ग्राहकहरूले यामाहाको आधिकारिक शोरूमहरूबाट किन्न र बुक गर्न सक्ने कम्पनीले जनाएको छ ।

विक्री प्रारम्भको अवसरमा एमएडब्लु इन्टरप्राइजेजका सीईओ राजु क्षेत्रीले भने, ‘एरोक्स १५५ नेपालको स्कुटर बजारमा नयाँ मोड हो । यसले नयाँ र अनुभवी राइडरहरु दुवैका लागि परफर्मेन्स, स्टाइल, राइडिङ एक्सपेरियनस लागि नयाँ स्ट्यान्डर्ड स्थापित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार