अखिल नेपाल ट्रेड युनियन महासंघ युवा कमिटीको अध्यक्षमा मुकुन्द पन्त निशान सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट पन्तको नेतृत्वमा नयाँ कमिटी सर्वसम्मत चयन गरिएको हो । कमिटीको उपाध्यक्षहरूमा राजु ओझा, सनत उप्रेती, सुस्मिता कट्टेल, नारायन कुइँकेल र सन्तोष ढकाल चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा भोला थापा मगर र सहसचिवमा अरुण पन्त चयन भएका छन् । एक जना महिला उपाध्यक्ष भने पछि थप गरिनेछ । यसैगरी, कमिटीको केन्द्रीय सदस्यहरूमा राम तामाङ, रविन विक, रवि तामाङ, नरेन्द्र तामाङ, नरेन्द्र गोले, सन्तोष गुरुङ, सरोज चौलागाई, गणेश गौतम, धीरेन्द्र विक, शेखर गौतम, अंग्रेजी श्रेष्ठ, जीवन चौलागाई, योगेन्द्र राई, सन्जिव महर्जन, रेशम तामाङ, नकुल उप्रेती, नारायणप्रसाद फुयाँल, शिव ढकाल र दुर्गा थापा चयन भएका छन् । यस्तै, भीम प्रजा, दलबहादुर मगर, शरण कोइराला, रामजी राउत, बिष्णु देवकोटा, लक्ष्मण गुरुङ, निर्मल माझी, चुनुबाबु पुजारी, मेशलाल तामाङ, घनश्याम कार्की, सीता पाठक, रुविना विशुंखे, योगेश लामा तामाङ, अरुण चौधरी, श्रीराम बोहरा, हरि मगर, दिपेन्द्र थापा, कोमलमाया लोप्चन, रमा लामिछाने, सम्झना तामाङ र नारायण कुइँकेल पनि सदस्यमा निर्वाचित भएका छन् ।
