सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

आइतबार, चैत्र ५ २०७९

काठमाडौं, ५ चैत । नेपाली कांग्रेस वर्तमान सरकारमा सहभागी हुने भएको छ ।केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा कांग्रेसले प्रतिपक्षी बेन्च एमालेलाई छाड्ने पनि निर्णय गरेको उनले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिइसकेपछि हुने मन्त्रिपरिषद् विस्तारमा कांग्रेस पनि सहभागी हुने भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार