सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एनआरएनए उपाध्यक्ष आरके शर्मा बेलायतमा सम्मानित,मध्यपुर्ववाट नेतृत्व पाउनुपर्ने दावी

सोमबार, फाल्गुन २९ २०७९

लण्डन,गैरआवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष आरके शर्मा बेलायतमा सम्मानित भएका छन । गैरआवासीय नेपाली संघ यूकेले आइतवार एक कार्यक्रमको आयोजना गर्दै शर्मालाई बेलायतमा भब्य स्वागत तथा सम्मान गरेको हो ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष सुनिल खड्काले शर्मालाई खादा लगाएर सम्मान गरेका हुन ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष शर्माले गैरआवासीय नेपाली संघको अभियानमा मध्यपूर्वको महत्वपूर्ण भूमिका रहेको बताउंदै श्रमिकहरुको सम्मान हुनु पर्नेमा जोड दिएका थिए । शर्माले अहिले देश रेमिटेन्सले नै धानिएको जनाउदै उक्त रेमिटेन्स ५० प्रतिशतभन्दा बढी मध्यपुर्वबाट जाने बताए । उनले देश धानेका । मध्यपुर्वका नेपालीहरुको लागी राज्यको ध्यान नपुगेको गुनासो गरे ।
कार्यक्रममा संघका अध्यक्ष कुल आचार्य, उपमहासचिव रामशरण सिंखडा , एनआरएनए यूकेका पूर्वअध्यक्ष योगेन क्षेत्री,एनआरएनए यूकेका अध्यक्ष सुनिलबाबु खड्का,तमूधि युकेका निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, सुरेन्द्र श्रेष्ठ, कपिल श्रेष्ठ, सकुन्तला गुरुङ, एनआरएनए यूकेका कोषाध्यक्ष बिष्णु खरेल, दिपक खड्का लगायत धेरैको उपस्थित रहेको थियो । एनआरएनएको आगामी नेतृत्वमा दावी गरेका उपाध्यक्ष शर्मा एनआरएनएको निर्वाचन नजिकिएसङ्गै विश्व भर्मणमा गएर एनआरएनए अभियन्ताहरुको सल्लाह सुझाव लिईरहेका छन । १० दिने लामो युरोप भ्रमणमा आएका शर्माले आफुले नेतृत्वमा इच्छा ब्यक्त गरेको जनाउदै अग्रज र अभियन्ताहरुसँग छलफल जारी रहेको बताए । उनले सँस्था जन्मिएको २० बर्षमा मध्यपुर्वले नेतृत्व नपाएको जनाउदै आफ्नो नेतृत्वको दावी स्वभाविक भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार