सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

४७.३९ प्रतिशतले बढ्याे साल्ट ट्रेडिङ्ग कर्पोरेशनकाे नाफा, प्रतिसेयर आम्दानी कति ?

बिहिबार, फाल्गुन १८ २०७९

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

गत आवको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ४७.३९ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा कम्पनीले १ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीको ब्याज खर्च घटेसँगै कम्पनीको नाफामा उल्लेख्य सुधार भएको हो । कम्पनीको ब्याज खर्च १५ करोड ३५ लाख ७७ हजार रहेको छ । गत आवको सोही अवधिमा २५ करोड ६८ लाख रहेको थियो ।

चुक्ता पुँजीको १० प्रतिशत बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी २५ करोड ३५ लाख ३१ हजार १९० रुपैयाँ पुगेको छ । यस्तै जगेडा कोषमा १ अर्ब ३२ करोड ९१ लख ५९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब ३१ करोड ८७ लख १६ हजार रुपैयाँ थियो ।

पुस समान्तसम्म कम्पनीको वार्षिक प्रति सेयर आम्दानी १४ रुपैयाँ ८६ पैसा, प्रति सेयर नेटवर्थ ४३३ रुपैयाँ ८५ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३०३४ रुपेयाँ ४७ पैसा छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार