काठमाडौं,काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा गराउन खोजेको बताएका छन । शनिबार दिउँसो उनले सामाजिक सञ्जालमार्फत आफूलाई राजीनामा दिन लगाउन खोजेको उल्लेख गर्दै सामाजिक संजालमा स्टाटस लेखेका हुन ।
उनले लेखका छन मेयर पोजिसनबाट मलाई राजीनामा दिन लगाउन खोज्दैछन्, यो देश कहिले पनि बन्दैन’। उनले किन यसरी सामाजिक सञ्जालमा राजीनामाको कुरा उल्लेख गरे भन्नेचाहिँ केही खुलाएका छैनन ।