काठमाडौ,नेकपा एमालेले फागुन २५ सम्म सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले फागुन २५ गतेसम्म सरकारबाट नबाहिरिने र सरकारलाई दिएको समर्थन पनि कायम रहने निर्णय भएको जनाएको छ । फागुन २५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले पुस १० गते जुन सहमति भएको थियो, त्यही सहमतिअनुसार अगाडि बढ्ने निर्णय गरेको एमालेले जनाएको छ । अहिले भएको सरकार फाल्ने र नफाल्ने भन्नेबारेको विषय नभई राष्ट्रपतिको मात्रै विषय भएकाले पार्टीले २५ गतेसम्म पर्खने निर्णय गरेको एमालेले जनाएको छ ।