सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्रीलाई बुझाए राप्रपाका मन्त्रीहरुले राजीनामा

शनिबार, फाल्गुन १३ २०७९

काठमाडौँ , राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका छन । प्रधानमन्त्रीसमक्ष राप्रपाको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले राजीनामा पत्र बुझाएका हुन । आज बसेको राप्रपाको कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । यस्तै राप्रपाले सरकारलाई दिएको विश्वासको मत पनि फिर्ता लिने भएको छ । राप्रपा प्रदेश सरकारबाट पनि बाहिरिने पार्टीको निर्णय छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार