सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पुस १० पछि गठबन्धन ब्युँत्याए पछिमात्रै पार्टी कार्यालय पुगे देउवा

शनिबार, फाल्गुन १३ २०७९

काठमाडौँ ,नेपाली कांग्रेसका सभापति एबं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा पुस १० पछि पहिलो पटक पार्टी कार्यालय सानेपा पुगेका छन । तत्कालीन पाँच दलीय सत्ता गठबन्धन भत्किएपछि पार्टी कार्यालय नगएका उनी आठ दलीय गठबन्धन बनेपछि मात्र सानेपा पुगेका हुन । आजको बैठकमा राष्ट्रपतिको उम्मेदवार चयन गर्नेबारे निर्णय हुने छ ।  वरिष्ठ नेता रामचन्द्र  पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने पार्टीको तयारी रहेको छ । नेता पौडेल सानेपा पुगिसकेका छन । पार्टीका अन्य वरिस्ठ नेताहरु पनि सानेपा पुगेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार