शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सुरु भयो हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार

सुमधुर कारोबारको अनुभव दिन्छौँ : सिइओ राणा

शुक्रबार, फाल्गुन १२ २०७९

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको मर्जरपश्चात् आजदेखि एकीकृत कारोबार सुरु भएको छ ।आज बिहान हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठले केन्द्रीय कार्यालय कमलादीमा पूजा गरेर एकीकृत कारोबार सुरु गरेका हुन् ।हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८०२८ को स्वाप रेसियोमा प्राप्ति गरेको हो । सिभिल बैंकका सेयरधनीले एक सय कित्ता सेयर बराबर हिमालयन बैंकको ८० दशमलव २८ कित्ता सेयर प्राप्त गर्नेछन् । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंक अब देशकै उत्कृष्ट बैंक बन्ने बताए । हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु भएको अवसरमा सो कुरा बताए ।छ करोड रूपैयाँ बाट सुरु भएको बैंक हाल १४ अर्बरूपैयाँ पुँजीको बैंक बनेको बैंकको उनको भनाई छ । आफ्नै कसरतमा ठूलो बनेको बैंक अब सिभिल बैंकलाई प्राप्ति गरेपछि उत्कृृष्ट बैंक बन्ने उनले दाबी गरे ।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक राणाले नौ महिनाको प्रयासपछि सिभिल बैंकलाई प्राप्ति गर्न सफल बनेको जनाए ।हिमालयन बैंक आफँैमा ठूलो भएको जनाउँदै उनले राष्ट्र बैंकको नीतिलाई साथ दिनमात्रै सिभिल बैंकलाई प्राप्ति गरिएको बताए । राणाले केही असहजता भएता पनि सुमधुर कारोबारको अनुभव दिने प्रतिबद्धता व्यक्त गरे।

३४ अर्ब पुँजी

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि बैंकको चुक्तापुँजी रु ३४ अर्ब पुगेकोे छ । पुँजीका आधारमा हिमालय बैंक छैटाँै ठूलो बैंक हो । यस्तै बैंकको दुई खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप, दुई खर्ब ५० अर्ब रुपैयाँ कर्जा रहेको बैंकले जनाएको छ । सिभिल प्राप्तिसँगै हिमालयन बैंकको कूल शाखा एक सय ८९ भएका छन् ।सन् १९९३ मा स्थापना भएको हिमालयन बैंक नेपाली व्यवसायी प्रवद्र्धक भएर खुलेको पहिलो निजी क्षेत्रको बैंक हो । हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठ, फैशल एन लाल्टिन, सुनिलबहादुर थापा, जीतेन्द्र धिताल, आशिष शर्मा, विजयबहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक रहेका छन् । यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मा हिमालयन बैंकका राणा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार