शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

कलंकी–महाराजगञ्ज सडक खण्डको निरीक्षण, स्वयम्भूका संरचना नभत्काइने

बिहिबार, फाल्गुन ११ २०७९

 

काठमाडौं, ११ फागुन । उपप्रधान तथा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीले बिहीबार कलंकी–महाराजगञ्ज सडक खण्डको निरीक्षण गरेको छ । मन्त्री श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छन सोङ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, नेपाल विद्युत् प्राधिकरणका कार्यकार निर्देशक कुलमान घिसिङसहितको टोलीले कलंकी–महाराजगञ्ज सडक खण्डको संयुक्त निरीक्षण गरेको हो ।

निरीक्षणपछि मन्त्री श्रेष्ठले कलंकीदेखि महाराजगञ्जसम्मको सडक विस्तारको काम चाँडै सुरु हुने र यसमा चीन सरकार सहमत भइसकेको जानकारी दिए ।उनले सो सडकखण्डमा पर्ने स्वयम्भूका संरचनाहरु नभत्काइकन सडकको डिजाइन परिवर्तन गर्ने सहमति भएको जानकारी दिए । तर, बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिरहरु भने सारिने उनले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार