बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

एनआरएनए वार्ता समितीद्वारा औपचारिक रुपमा एकताको लागी आव्हान,११ औँ महाधिवेशन एकताको महाधिवेशन हुने

मंगलबार, फाल्गुन ९ २०७९

काठमाडौं,गैरआवासीय नेपाली संघ संस्थापन समुहबाट असन्तुष्ट रहेको समुहलाई संस्थाले औपचारिक रुपमा वार्ताको लागि आब्हान गरेको छ ।
गैरआवासीय नेपाली संघको तर्फबाट वार्ता समितिका संयोजक डिबी क्षेत्री र सदस्यसचिव गंगाधार गौतमले मंगलवार एक विज्ञप्ति जारी गर्दै विविध कारणबस असन्तुष्ट भएर संघ बाहिर रहेको सो समुहलाई औपचारिक रुपमा वार्तामा आउन आग्रह गरिएको छ ।
संघको मूलधारमा समाहित नभएका नेपाली डायस्पोराका एनआरएनए अभियन्तालाई संघ समाहित गर्दै थप क्रियाशिल बनाउने उदेश्यले संघले वार्ता समिति गठन गरेको थियो । यसअघि संघकी कार्यकारी अध्यक्ष रविना थापाले संघका पूर्वअध्यक्ष शेष घलेसँग पटक पटक छलफल गरेको बताउदै आएकी छिन । घलेले दुवै पक्षलाई मिलाएर लैजान ग्रिनसिग्नल दिएको बताईएको छ । 
“नेपालीका लागि नेपाली” भन्ने मूलमन्त्र लिएर आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा समृद्ध नेपालको सपनासहित सन २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ एनआरएनए को ११ औँ महाधिवेशनको तयारी तिब्र रुपमा सुरु भएको छ ।
संघले एनसिसि अधिवेशनका लागि सदस्यता वितरण सुरु गरिसकेको छ भने अहिलेसम्म १९ देशमा प्रक्रिया जारी रहेको छ । अहीलेको अवस्थामा एनआरएनले
विगतमा विभिन्न कारणले संघको मूलधारमा समाहित नभएका नेपाली डायस्पोराका अभियान्ताहरुलाई संघमा समाहित गर्दै थप क्रियाशिल बनाउनका लागि संस्थागत रुपमा औपचारिक वार्ता समिति केही पहिले नै गठन गरेको थियो । उक्त
समितिले आफ्नो कार्य गरिरहेको समितिले जनाएको छ ।
एनआरएनएलाई सबैको साझा संस्था बनाउनका लागि सवै पक्षलाई समेटेर अघि बढ्नु जरुरी देखिएकोले संवादमार्फत समस्याको समाधान पहिल्याउने जिम्मेवारी संस्थापन पक्षको भएको महसुस गर्दै वार्ताको लागि औपचारिक रुपमा ढोका खोलिएको संयोजक डिबि क्षेत्रीले बताए ।
गैरआवासीय नेपाली संघमा आबद्ध सबै पक्षलाई तल्लो तहदेखि नै समेटेर अघि बढ्दा एकताको सन्देश प्रवाह सरल बन्ने महसुस गर्दै संवादमार्फत नै समस्या समाधान गर्नु उचित हुने ठानिएकोले सँस्थालाई एक बनाएर अगाडी बढ्न आफुहरु लागीपरेको क्षेत्रीले बिज्ञप्तीमार्फत जनाएका छन । विविध कारणबस असन्तुष्ट भएर संघ बाहिर रहेको असन्तुष्ट समूहलाई औपचारिक वार्ताको लागि संघले आह्वान समेत गरेको छ । आगामी ११ औँ महाधिवेशन एकताको महाधिवेशनको रूपमा सम्पन्न गर्दै बृहत सञ्जाल, एकता र सद्भावलाई कायम राख्न विधानतः हदैसम्मको लचकता अपनाउन प्रतिबद्ध रहेको गैरआवासीय नेपाली संघ वार्ता समितिका संयोजक डिबी क्षेत्री र सदस्य सचिब गंगाधर गौतमले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन । उनिहरुले सँस्था एक बनाएर अगाडी बढाउन संस्थापन पक्ष लचिलो भएको जनाउदै बिगतलाई बिर्सिएर सबै गैर आवासीय नेपालीलाई गोलवद्द हुन आग्रह समेत गरेका छन ।
यता गैरआवासीय नेपाली संघ अर्को समुहका अध्यक्ष विनोद कुँवरले पनि आफुहरु वार्ता विरोधी नभएको बताएका छन । कुँवरले अभियानमा सबैलाई सम्मान गर्नुपर्ने जनाउदै आफुहरु एकता विरोधी नभएको जनसवालसँग बताए ।

गैरआवासीय नेपाली संघ
वार्ता समितिको प्रेस विज्ञप्ति
“नेपालीका लागि नेपाली” भन्ने मूलमन्त्र लिएर आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा समृद्ध नेपालको सपनासहित सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशनको तयारी सुरु भइरहेको छ ।
संघले NCC अधिवेशनका लागि सदस्यता वितरण सुरु गर्नुपर्ने अवस्था हाम्रो सामु उपस्थित छ ।
विगतमा विभिन्न कारणले संघको मूलधारमा समाहित नभएका नेपाली डायस्पोराका एनआरएन अभियान्तालाई संघमा समाहित गर्दै थप क्रियाशिल बनाउनका लागि संस्थागत रुपमा औपचारिक वार्ता समिति गठन भएको सर्बविदितै छ।
समितिले आफ्नो कार्य समेत प्रारम्भ गरिसकेको अवस्था सबैलाई जानकारीनै छ ।
एनआरएनएलाई सबैको साझा संस्था बनाउनका लागि सवै पक्षलाई समेटेर अघि बढ्नु जरुरी देखिएकोले संवादमार्फत समस्याको समाधान पहिल्याउने जिम्मेवारी संस्थापन पक्षको भएको महसुस गर्दै वार्ताको लागि औपचारिक रुपमा ढोका खोलिएको हो ।
गैरआवासीय नेपाली संघमा आबद्ध सबै पक्षलाई तल्लो तहदेखि नै समेटेर अघि बढ्दा एकताको सन्देश प्रवाह सरल बन्ने महसुस गर्दै संवादमार्फत नै समस्या समाधान गर्नु उचित हुने ठानिएको छ । यसर्थ, विविध कारणबस असन्तुष्ट भएर संघ बाहिर रहेको असन्तुष्ट समूहलाई औपचारिक वार्ताको लागि आह्वान गर्दछौँ ।
अन्त्यमा, आगामी ११ औँ महाधिवेशन एकताको महाधिवेशनको रूपमा सम्पन्न गर्दै बृहत सञ्जाल, एकता र सद्भावलाई कायम राख्न विधानतः हदैसम्मको लचकता अपनाउन प्रतिबद्ध छौँ ।

डिबी क्षेत्री
संयोजक गंगाधर गौतम
सदस्य सचिब
वार्ता समिति
गैरआवासीय नेपाली संघ

प्रतिक्रिया
सम्बन्धित समाचार