नेपाली जनसम्पर्क समिति बहराईनले सिरियाका भुकम्प पिडितहरुको लागि सिरियन राजदुतावास बहराईन मार्फन ११५ ( एक सय पन्ध्र ) थान ओड्ने न्यानो कम्बल ( Blanket ) सहयोग हस्तान्तरण गरेको छ । गत ६ फेब्रुवरी २०२३ सोमवार गएको विनासकारी भुकम्पबाट सिरिया र टर्कीमा अत्यन्त ठुलो धनजनको क्षति हुन गई दुवै देसको सरकारले अन्तराष्टृय रुपमा न्यानो कपडा, ओड्ने कम्बल, खाध्य सामाग्री हरुको सहयोगको आह्वान गरिएको थियो । सोहि आह्वानलाई चासो राखि नेपाली जनसम्पर्क समिति बहराईनले आफ्नो कार्यसमितिका पदाधिकारी कार्यसमिति सदस्य एवं सल्लाहकारहरु विच स्वेच्छिक सहयोग रकम संकलन गरि ११५ वटा कम्वल खरिद गरि नेपाली राजदुतावास बहराईनको प्रतिनिधि सकिल अहमदको रोहवरमा समितिका सभापति पदम सुन्दर गुरुङले सो ब्लाङ्गकेट हस्तान्तरण गरिएको हो । सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा नेका महासमिति सदस्य शेर बहादुर रावत, १४ औं महाधिवेसन प्रतिनिधि सुर्य थापा, महामन्त्री उमेश जोशि, सहमहामन्त्री राजु नेपाली, सल्लाहकार तिर्थ भण्डारी सदस्य जीव लाल गौतम लगायत प्रवासी नेपाली मञ्च मध्यपुर्व अध्यक्ष शालिग्राम पन्त र नेपाली जनप्रगतिशिल मञ्च बहराईनका बरिष्ठ उपाध्यक्ष रामु काफ्लेको समेत उपस्थिति रहेको थियो । नेपाली राजदुतावास बहराईनको समन्वयकारी भुमिका प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै समितिले संचालन गरेको यस पुनित कार्यमा सहभागिता जनाउनु हुने सम्पुर्ण पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु लगायत समितिका सल्लाहकारहरु प्रति यस नेपाली जनसम्पर्क समितिले हार्दिक धन्यवाद ज्ञापन गर्दछ । आगामी दिनहरुमा पनि निरन्तर सहयोग रहि रहने गुरुङले बताएका छन ।