दोहा,नेपाली मुस्लिम समाज कतारले टर्कीका भुकम्प पीडितलाई राहत सामाग्री हस्तान्तरण गरेको छ ।नेपाली मुस्लिम समाज कतारका अध्यक्ष इस्माइल पन्तको अध्यक्षता तथा कतारका लागी नेपाली महामहिम राजदुत डाक्टर नरेश बिक्रम ढकालको आतिथ्यतामा सम्पन्न कार्यक्रममा कतार च्यारेटीका अन्तर्राष्ट्रिय सहयोग तथा बिपत ब्यवस्थापन शाखाका प्रमुख सालिम अल जरिसलाई टर्की र सिरियाका भुकम्प पीडितलाई राहत सामाग्री सहयोग स्वरुप हस्तान्तरण गरेको हो । समाजका अग्रज ब्यक्तित्वहरुको समुपस्थितिमा राहत सामाग्री हस्तान्तरण गरिएको सँस्थाले जनाएको छ । अनौपचारिक कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार ई. मो. अयुब हक ,सल्लाहकार ई. रुस्तम सिद्दिकी ,पुर्व उपाध्यक्ष,जमियत ओलमा कतारका उपाध्यक्ष एबं बिश्व साईकल यात्री यासिन मामा, उपाध्यक्ष शेख जिकरुल्लाह ,तारिफ हुसेन ,असिफ शेख , निवर्तमान महासचिव अफसर खान कोषाध्यक्ष सहाबुदिन कलाम खान, कतार मानव अधिकारवादी सँस्थाका नेपाली सामुदायका संयोजक प्रोफेसर मोहम्मद रमजान अली मियाको उपस्थितिमा उक्त सहयोग हस्तांतरण गरिएको थियोे ।
गत सोमबार टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २८ हजार नाघी सकेको छ । साथै राहत सामाग्री हस्तान्तरण कार्यक्रममा हातेमालो गर्नु हुने AYS दोहा क़तारका समाजसेवी अध्यक्ष शेख अब्दुल्लाह तथा सम्पुर्ण उपस्थित सबैलाई सँस्थाको तर्फबाट अध्यक्ष इस्माइल पन्तले हार्दिक धन्यवाद तथा आभार ब्यक्त गरेका छन ।



