शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहको सपथ आज

शुक्रबार, माघ २७ २०७९

धनगढी । सुदुरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनियताको सपथ लिदैँछन ।

एक महिना अघि नेकपा एमालेवाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह बरालले हिजो बसेको प्रदेश सभा बैठकमा बिश्वासको मत प्राप्त गर्न नसके पछि कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बिहिवार नियुक्त भएका थिए ।

निबर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएर पद गुमाउँदै राजिनामा दिएपछि कांग्रेस संसदीय दलका नेता शाहलाई बिहिबार मुख्यमन्त्री पदमा प्रदेश प्रमुख देवराज जोशीले नियुक्त गरेका थिए ।

संविधान धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री चयन भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलका कांग्रेस प्रदेश संसदिय दलका नेता शाहले मुख्यमन्त्रीमा दावि पेश गरे लगत्तै प्रदेश प्रमुख जोशीले उनलाई नियुक्त गरेका हुन ।

प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्री शाहको पद तथा गोपनियताको सपथ कार्यक्रमका लागि तयारी पुरा गरेको जनाएको छ ।

सरकार गठन भएको एक महिनामा नै पहिलो पटक निवर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएका हुन । रेशम लाल चौधरी आबद्ध नागरिक उन्मुक्ति पार्टीका ७ सांसदले आफनो माग पुरा नभएकाले रावललाई विश्वासको मत नदिएको जनाएको छ तर सत्ता साझेदार उन्मुक्ति लगायतको राजनीतिक दलको समर्थनमा रावल २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

को हुन् सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका शाह ?

एमाले नेतृत्वमा बनेको सरकारले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिक ठूलो दलको हैसियतमा नेपालीका कांग्रेसका तर्फबाट कमलशाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

बिहीबार साँझ ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा शाहले दावी पेश गरेका थिए । अछाम जिल्ला रामारोशन गाउँपालिका–५ तडिगैरामा २०२८ साल फागुन १० गते जन्मेका शाह हाल कैलालीको लम्की चुहा नगरपालिका–१ मा स्थायी रुपमा बसोवास गर्दै आएका छन् ।

उनले विद्यालय शिक्षा अछाम र कैलालीबाट अघि बढाएका थिए । शाह २०४४ सालदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रहेका थिए । शाहले २०४६ सालदेखि २०५२ सालसम्म नेपाल विद्यार्थी संघको क्याम्पस इकाइ समिति सदस्य र पार्टीको महाधिवेशन प्रतिनिधि भएर काम गरेका थिए ।

त्यसैगरी उनले २०५४ सालदेखि २०६८ सालसम्म विभिन्न समयमा नेपाल तरुण दलको केन्द्रीय खेलकुद विभिग सदस्य, केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय सचिव र केन्द्रीय उपाध्यक्ष पदमा रहेर पनि काम गरेका थिए । उनी २०५३ सालदेखि हालसम्म नेपाली कांग्रेसको नौं, दशौं, एघारौं, बाह्रौं, तेह्रौं र चौधौं महाधिबेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहेका छन् ।

शाह २०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदार रहे पनि पराजित भएका थिए । उनी २०६४ र २०६२/०६३ सालको जनआन्दोलनका क्रममा पटक पटक गरी ४ महिना जेल परेका थिए । हाल लम्कीचुहा–१ लम्कीमा बस्दै आएका उनी मंसिरमा ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र ‘क’ बाट निर्वाचित भएका थिए । प्रदेश सभामा निर्वाचित भएसँगै कांग्रेस संसदीय दलको नेता हुँदै शाह मुख्यमन्त्री बनेका हुन् ।

सरल, शिष्ट, जिज्ञासु, सहयोगि स्वभावका शाहले आफ्नो ठाउँका लागि थुप्रै सहयोग तथा विकासका काम गर्दै आएका छन् । उनले कोरोना संक्रमणकालमा कैलाली क्षेत्र नम्बर २ का सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्ंयम सेवीकाको नि:शुल्क कोरोना विमाका साथै सोल्टामा रहेको स्वास्थ्य चौकीलाई नि:शुल्क एम्बुलेन्स सेवा प्रर्दान गरेर सहयोग गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार