सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

फेसबुकको स्टाटसले मात्र गैरआवासीय नेपालीहरुले अधिकार पाउन नसक्ने, निरन्तर लबिङ र भेटघाटको आवश्कता : अध्यक्ष आचार्य

मंगलबार, माघ २४ २०७९

गैर आबसिय नेपाली संघ बेलायतले नेपाल बार एसोसियसनका अध्यक्ष तथा बरिष्ट अधिबक्ता गोपाल कृष्ण घिमिरे र पुर्ब बार एसोसियसन माहासचिब सुनिल कुमार पोखरेल सग मिडलैन्डको नटिंगहममा गैर आबासिय नेपालीहरुको समसामयिक बिषय बदलिएको नेपाली कानुन र गैर आबासिय नेपालीहरुको नेपालमा रहेको सम्पतीको बारेमा अन्तरक्रिया गरेको छ।

गैर आबासिय नेपाली संघ बेलायतका प्रवक्ता शशांक शर्माका अनुसार अध्यक्ष सुनिल बाबु खडकाको अध्यक्षयता मा गरिएको अन्तरक्रियाको समुदघाटन गैर आबासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्य,राष्ट्रिय समन्वय परिषद बेलायतका अध्यक्ष सुनिल बाबु खडका र नेपाल बार एसोसियसनका अध्यक्ष एवं बरिष्ट अधिबक्ता गोपाल कृष्ण घिमिरेले गर्नुभएको थियो।

कार्यक्रममा गैर आबासिय नेपाली संघ बेलायत र नेपाल बार एसोसियसन बिच संयुक्त कार्यपत्रमा सम्झौता गरिएको थियो।सम्झौता पत्रमा बार एसिसियसनका अध्यक्ष गोपाल कृष्ण घिमिरे र गैर ऑबासिय नेपाली संघ बेलायतका अध्यक्ष सुनिल बाबु खडकाले हस्तांक्षर गर्नुभएको थियो।सम्झौता पत्र प्रध्यापक डा.सुर्य सुबेदी,गैर आबासिय नेपाली संघ बेलायतका उपाअध्यक्ष डा. नारायण दत्त कंडेल र बार एसोसियसन नेपालका प्रतिनिधीले तयार गर्नु भएको थियो।

सम्झौता पत्रको बारेमा बोल्दै गैर आबासिय नेपाली संघ बेलायतका उपाअध्यक्ष डा. नारायण दत्त कंडेलले गैर आबासिय नेपालीहरुका सम्पती सम्बन्धी कुनै पनी समस्या को कानुनी लडाई गैर आबासिय नेपाली संघ बेलायत र नेपाल बार एसोसियसनले संयुक्तरुपले लड्ने छ।यसको लागी नेपाल बार र गैर आबासिय नेपाली संघ बेलायत को हेल्प डेस्क नेपालका प्रमुख सहरहरुमा राखिने छ भने क्रमस यसको बिस्तार नेपालका सबै जिल्लाहरुमा गरिने जानकारी दिनुभयो।

सम्झौता पत्रमा प्रकास पार्दे प्रध्यापक डा.सुर्य सुबेदीले आजको यो दिन गैर आबासिय नेपाली संघ बेलायतको इतिहासमा सुर्व अक्षरमा लेखिने छ भनी जुम मार्फत सम्बोधन गर्नु भयो।

गैर आबासिय नेपालीहरुको सम्पत्तीमा स्वामित्वको बारेमा प्रकास पार्दे बरिष्ट अधिबक्ता द्धयले गैर आबासिय
नेपालीहरुको नेपालमा रहेको सम्पत्तीमा कसैले आँखा लगाउन नहुने र गैर आबासिय नेपालीहरुले नागरिकता को निरन्तरता को मागलाई अगाडी बढाई निस्कर्षमा पुग्नु पर्ने र यसको लागी बार एसोसियसन सहयोग गर्नको लागी तत्पर रहनेछ भनी भन्नुभयो।

प्रवक्ता शर्माका अनुसार अन्तरक्रियालाई सम्बोधन गर्दे गैर आबासिय नेपाली संघ अन्तराष्ट्रिय समन्यव परिषदका अध्यक्ष कुल आचार्य ले जे जती अधिकार मिलेको छ यत्तीमै चित्त नबुझाई संघले अब दोहोरो नागरिकता र सम्पत्तीको हक नैसर्गिक बनाउनेमा संघको आगामी मुद्धा हुनेछ भनी भन्नुभयो।बोल्न र फेसबुकमा लेख्न सजिलो छ तर उपलब्द्यि हासील गर्न वार्ता,भेटघाट,बैठक र निरन्तर नेपालको नेतृत्व संग लबिङ गर्नुपर्ने आबस्यकता छ भनी भन्नुभयो।

प्रवक्ता शर्मा का अनुसार अन्तरक्रिया कार्यक्रमको संयोजन राष्ट्रिय समन्वय परिषदका उपाअध्यक्ष डा. नारायण दत्त कंडेल ले गर्नुभएको थियो। अन्तरक्रियामा हेम्मसायर पुलिसका सल्लाहकार,लेखक एवं नेता शिबजी श्रेष्ठ, सामाजिक अभियन्ता एवं नेता केशब भन्डारी,युरोप उपसंयोजक दयानिधी सापकोटा,पुर्ब मानार्थ सदस्य एवं नेता रण बहादुर क्षेत्री,केन्द्रिय सदस्य महेश अधिकारी,नेपाली बिर्टीस लयर्स एसोसियसनका अध्यक्ष दिपक भट्टराई लगायत स्थानिय अभियन्ताहरुले आ-आफ्नो भनाई राख्नुभएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार