बिहिबार, माघ ५ २०७९
वैदेशिक रोजगार व्यवसायीहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा चुनावी सरगर्मीको अन्तिम दिन आज पनि उम्मेदवारहरु ब्यावसायीहरुलाई आफ्नो पक्षमा पार्न लागिपरेका छन । माघ ६ गते अर्थात आज भईरहेको चुनावमा आगामी नेतृत्वका लागि ४ वटा प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन । नेकपा माओवादी केन्द्र–नेकपा एस गठबन्धनबाट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मंचका सल्लाहकार डा. ईश्वर जिसी,नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंच नेपालका अध्यक्ष राजेन्द्र भण्डारी, नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनबाट अध्यक्ष कुमुद खनाल, नेपाली कांग्रेसबाटै बागी संघका पूर्वद्वितीय अध्यक्ष भुवनसिंह गुरुङले अध्यक्षमा उम्मेदवारी दिएका छन ।
नेकपा माओवादी केन्द्र र नेकपा एस गठबन्धनबाट अध्यक्षका उम्मेदवार डा. ईश्वर जिसीले पुरानो तवरबाट चलिरहेको वैदेशिक रोजगार व्यवसायी संघलाई आमूल परिवर्तन गर्नको लागि आफ्नो समुह आएको दावी गर्छन । यस अघिका अध्यक्षज्यूहरुले गरेको कामलाई मैले नकारात्मक दृष्टिले हेर्न खोजेको होइन तर, वहाँहरुले आफ्नो विवेकले आफ्नो हैसियत अनुसार जति संघ हाक्न सक्नुभयो त्यसलाई हामीले सम्मान गर्दै त्यो भन्दा अझ धेरै कामहरु गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । जिसीले वैदेशिक रोजगारीलाई सम्मानित र पुस्तान्तरणको मुद्दा टीमको योजना रहेको उनको भनाइ छ । वैदेशिक रोजगार व्यवसायलाई उद्योगको रुपमा परिभाषित गर्नुपर्छ, उद्योगको रुपमा सुचिकृत गर्नुपर्छ र यो एउटा सेवामूलक उद्योग हो भनेर सरकारी, गैरसरकारी संघसंस्थाहरु, राष्ट्रिय–अन्तराष्ट्रिय संघ–संस्थाहरु, राजनैतिककर्मीहरु, नागरिक समाज, मिडियाहरु सबैलाई काम गरेर बताउनको लागि हाम्रो नेतृत्व अपरिहार्य छ ।
यसका लागि व्यवसायीहरुले पनि हामीलाई पूर्ण समर्थन गरेको हामीले महसुस गरेका छौ । तपाईहरुले चुनाव जितिसक्नुभएको छ भनेर हामीलाई जुन हौसला दिनुभएको छ त्यही नै हाम्रो अहिलेसम्मको एकदमै राम्रो सूचक हो भन्ने मलाई लाग्छ । म २ दशकदेखि यो व्यवसायमा संलग्न छु । जब म संघमा निर्वाचित हुन्छु आफ्नो व्यवसाय छोडेर पूर्णरुपमा संघमा नै बसेर काम गर्छु । यहाँभन्दा अघिपनि एकपटक मनोनित भएर र एकपटक सचिवको जिम्मेवारीमा रहेर संघमा काम गरिसकेको छु । त्यसबेला आफ्नो पदीय हैसियतभन्दा पनि अब्बल रहेर मैले धेरै काम गरे । अहिले त्यो समयभन्दा फरक समय छ र आगामी समय अझ फरक हुनेवाला छ । त्यो सम्पूर्ण समयलाई मुल्यांकन गर्दै संघलाई कसरी अगाडि लैजाने भन्ने हामीसँग पूर्ण खाका छ, भिजन छ । त्यो भिजन अनुसार हामी अघि बढ्नेछौ ।
यो एकदमै व्यवसायिक व्यवसायीहरुको टिम हो । यसमा पार्टीमा विश्वास राख्ने व्यवसायीहरु मात्र होइनन स्वतन्त्र विचार राख्ने व्यवसायीहरु पनि हुनुहुन्छ । अब्बल व्यवसायीहरु, विभिन्न एक्सपोटिजहरु पनि हुनुहुन्छ, कानुनका ज्ञाताहरु पनि हुनुहुन्छ र यो भनेको एउटा पुरक टिम हो । कुनै पार्टीको नाममा झन्डाको मुनि हामी बसेका छैनौ । हामी सम्पूर्ण झन्डाहरुलाई एउटै बैदेशिक रोजगार व्यवसायी संघको झन्डा बनाएर अगाडि आएका छौ । एउटा पुरक र प्रोफेसनल टिम भनेर आफ्नो टिमलाई परिचित गराउन चाहान्छु । वैदेशिक रोजगार बिना नेपालको समृद्धि सफल छैन । त्यसैले वैदेशिक रोजगारको क्षेत्रलाई सम्मानित बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । सबैभन्दा पहिलो त व्यवसायीहरुले सम्मानित रुपमा वैदेशिक रोजगार व्यवसाय गर्न पाउनुपर्छ । सरकारले व्यवसायीहरुलाई लाइसेन्स दिनैपर्ने भएर जबरजस्ती दिएको जस्तो गरेर हामीलाई जुन ट्रिट गरिरहेको छ त्यसलाई हामीले घोर अपमानको रुपमा लिएका छौ ।
कुनै पनि देशमा नीजि क्षेत्रलाई सरकारले सम्मान दिदैन, क्लोज इकोनोमी गरेर कन्ट्रोल मात्र गर्न खोज्छ भने समस्याहरु सृजित भइरहन्छ । त्यसैले ओपन इकोनोमी मान्ने हाम्रो राष्ट्रले वैदेशिक रोजगार व्यवसायलाई पनि ओपन इकोनोमी अन्तर्गत नै व्यवहार गर्नुपर्छ । अहिले फ्रि भिसा फ्रि टिकट भन्ने नाराले सबैभन्दा घाटा कामदारलाई र सरकारलाई भएको छ । व्यवसायीहरुलाई अप्ठ्यारो मात्रै छ, घाटा छैन । यो कुरा हामीले सरकारलाई बुझाएर छोड्छौ । अर्को कुरा लाइसेन्स रिन्युको लागि एउटा व्यवसायीले एक वर्षमा १०० जना कामदार पठाउनै पर्ने कुरा सान्र्दभिक छैन । यसले एउटा व्यवसायीको नैसर्गिक अधिकार हनन भएको जस्तो लाग्छ, त्यसैले यो नियम हटाउनै पर्छ ।
राजदूतावासको झन्झटहरु र समस्याहरु धेरै छन् । तर हामीलाई के भयो भने संघमा भएका मान्छेहरु कार्डमा आफ्नो नाम छाप्ने र व्यवसायीक प्रतिफल लिने ध्यानमा भए । म ४ वर्ष बैदेशिक रोजगार व्यवसायी संघमा जिम्मेवारीमा रहदा व्यवसायीक लाभको लागि कहिल्यै संघको नाम राखेर कार्ड छापिन । अहिले पनि म आत्मसम्मानको लागि त्यहाँ जान लागेको हँु । वैदेशिक रोजगार क्षेत्रको सम्पूर्ण भद्रगोललाई समाधान गर्न, राजनितिक दल र विचार भन्दा माथि उठेर व्यवसायीको हितको लागि काम गर्न र यो व्यवसायलाई साच्चै सेवामुलक उद्योग हो भनेर चिनाउनका लागि हाम्रो उम्मेद्धारी हो । यसैले एकचोटी पुरानो ढर्रालाई चेन्ज गर्न परिवर्तनतिर लाग्नुहुनेछ भन्नेमा आम व्यवसायीहरुसँग आशा लिएका छौ । यदी त्यो जिम्मेवारी मलाई र मेरो टिमलाई दिनुभयो भने ठाडो शिर बनाएर व्यवसाय गर्ने वातावरण बनाउने प्रण गर्नेछु ।
कुनै पनि हालतमा सिन्डिकेटका नाममा सीमित व्यवसायीले मात्र व्यवसाय गर्ने प्रयत्न हामी सफल हुन दिदैनौ र राजनितिको नाममा कसैले पनि केही गर्न पाउने छैन । पार्टीले मलाई व्यवसाय विरोधी काम लगाउन सक्ने छैन र मैले मान्ने पनि छैन । हामीसँग इच्छाशक्ति हुनुपर्छ । लोभ, इष्र्या र डर पनि हुनुभएन । त्यो सबै हामीसँग छ र हामी काम गर्न पनि सक्छौ । युवाहरुको समय हो अब । विदेशमा जाने युवा, सरकारमा पनि युवा र हामी पनि युवा आएका हौ । हामी युवाहरु मिलेर देशका लागि काम गर्ने प्रतिबद्धता जनाउँछौ । अन्य ३ प्रतिष्पर्धी समूहलाई सम्मान गर्दै हामी वहाँहरु भन्दा सबल छौ र कसैले पनि प्रश्न उठाउन नसक्ने विशुद्द व्यवसायीहरुको समूह अगाडि सारेका छौ । हामी छलकपट राजनितिमा विश्वास गर्दैनौ ।
जसले व्यवसायीका समस्याहरु बुझ्न सकोस् । व्यवसायीक राजनितिक गर्ने मान्छेलाई व्यवसायीका पीडा थाहा हुन्छ । मलाई ढुक्क छ म नै यो लिड गर्न सक्छु । एकचोटी मलाई र मेरो टिमलाई विश्वास गर्नुहोस् । तपाईहरुको एकमतले तपाईको भविष्य बन्न सक्छ । हामीलाई तपाईको एक भोट दिएर विजयी बनाउनुहोस् र काम गर्न दिनुहोस् त्यसको बदलामा हामी तपाइको शिर ठाडो बनाई यो व्यवसायलाई पुस्ता हस्तान्तरण गर्न सक्ने बनाउने छौ । माओवादी केन्द्र र एकीकृत समाजवादीनिकट व्यवसायीको पनि संयुक्त प्यानल घोषणा गरेर चुनावमा गएका छन् ।
गठबन्धनका जिसी प्यानलमा को–को छन् उम्मेदवार ?
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि अक्स्फोर्ड इन्टरनेशनल प्रा.लि.का सञ्चालक डा. ईश्वर जिसीको प्यानल चुनावी मैदानमा उत्रेको छ । सो प्यानलको प्रथम उपाध्यक्षमा मंचका अध्यक्ष तथा कान्तिपुर ओभरसिज प्रा.लि. का सञ्चालक धनलाल जैसी, द्वितीय उपाध्यक्षमा सुप्रिम ओभरसिज प्रा.लिका बाबुराम खड्का, तृतीय उपाध्यक्षमा कन्फिडेन्ट इन्टरनेशनल प्रा.लि.का अनिल बोगटी, महासचिवमा इम्प्लोइमेन्ट लिंक नेपालका मधुकर रिजाल, सचिवमा अजम्बरी ओभरसिज सपोर्ट प्रा.लि.का टक्कर बहादुर पाख्रिन र कोषाध्यक्षमा इम्पावर ह्युमन रिसोर्सेज प्रा.लिका केदारनाथ अधिकारी रहेका छन ।
सदस्यमा शेरमान ग्लोबल म्यानेजमेन्ट ओभरसिज प्रा.लि.का गणेश कुँवर, आयुष ओभरसिज प्रा.लि.का कामेश्वर साह राहुल, फ्युचर लिंक इन्टरनेशनल प्रा.लि.का फिरोज खान, एसआर ग्रुप कम्पनीका सन्दीप पुडासैनी, ग्यालेक्सी युनिभर्सल सर्भिस प्रा.लि.का एक नारायण काफ्ले, पाण्डा ह्युमन रिसोर्सेज प्रा.लि.का प्रेमबहादुर गिरी, दि एक्वायर ग्रुप प्रा.लि.की देवी माया थापा, शिभम् इन्टरनेशनल म्यानपावर सर्भिस प्रा.लि.का शिवबहादुर कुँवर र स्यारोन म्यानपावर सर्भिस प्रा.लि. का सुरज कुशवाह रहेका छन् ।


जनसवाल राष्ट्रिय दैनिकको २०७९ माघ ६ गते शुक्रबारको इपेपर
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij