शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

विमान दुर्घटना : आजका लागि उद्धार कार्य स्थगित, भोलि बिहानैदेखि थालिने

आइतबार, माघ १ २०७९

काठमाडौं । पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनाको उद्धार कार्य आज स्थगित भएको छ ।

सेती नदीको अप्ठेरो खोँचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाई भएका कारण भोलि बिहानैदेखि उद्धार कार्य थाल्ने गरी आजको लागि स्थगित गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो ।

“विमानमा सवारमध्ये हालसम्म चार जना अझै फेला पर्नुभएको छैन”, उहाँले भन्नुभयो । “पहिचान भएका पोखरा र आसपासका व्यक्तिको शव भोलि बिहान यहीँ नै आफन्तको जिम्मा लगाउने छौँ, काठमाडौँका र आफन्त काठमाडौँ नै भएका एवं विदेशी यात्रुका शवलाई हेलिकोप्टरमार्फत पठाउने तयारी गरेका छौँ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार