शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

वैरो संघको निर्वाचनमा गठबन्धन बनाएका ईश्वर जिसीको प्यानलको पूर्णता

अध्यक्षमा खनाल, भण्डारी, जिसी र गुरुङ प्रतिस्पर्धामा

आइतबार, माघ १ २०७९

काठमाडौ(जस)–वैदेशिक रोजगार व्यवसायीको साझा सँस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको माघ ६ गते हुने निर्वाचनका लागि अक्स्फोर्ड इन्टरनेशनल प्रालिका संचालक डा. ईश्वर जिसीको प्यानलले सबै उम्मेदवारको नाम सार्वजनिक गरेको छ । माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मंच, नेकपा एस निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, राप्रपा निकट वैदेशिक रोजगार व्यवसायीको संस्था राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघ र केही स्वतन्त्र व्यवसायी समावेश गरि जिसीले आफ्नो प्यानललाई पूर्णता दिएका छन ।
उक्त गठबन्धनको संयुक्त प्यानलको प्रथम उपाध्यक्षमा मंचका अध्यक्ष कान्तिपुर ओभरसिज प्रा.लि. का धनलाल जैसी, द्वितीय उपाध्यक्षमा सुप्रिम ओभरसिज प्रा.लिका बाबुराम खड्का, तृतीय उपाध्यक्षमा कन्फिडेन्ट इन्टरनेशनल प्रा.लि.का अनिल बोगटी, महासचिवमा इम्प्लोइमेन्ट लिंक नेपालका मधुकर रिजाल, सचिवमा अजम्बरी ओभरसिज सपोर्ट प्रा.लि.का टक्कर बहादुर पाख्रिन र कोषाध्यक्षमा इम्पावर ह्युमन रिसोर्सेज प्रा.लि का केदारनाथ अधिकारी उम्मेदवार रहेका छन् ।
उक्त समुहको सदस्यमा शेरमान ग्लोबल म्यानेजमेन्ट ओभरसिज प्रा.लि.का गणेश कुँवर, आयुष ओभरसिज प्रा.लि.का कामेश्वर साह राहुल, फ्युचर लिंक इन्टरनेशनल प्रा.लि.का फिरोज खान, एसआर ग्रुप कम्पनीका सन्दीप पुडासैनी, ग्यालेक्सी युनिभर्सल सर्भिस प्रा.लि.का एक नारायण काफ्ले, पाण्डा ह्युमन रिसोर्सेज प्रा.लि.का प्रेमबहादुर गिरी, दि एक्वायर ग्रुप प्रा.लि.की देवीमाया थापा, शिभम इन्टरनेशनल मेनपावर सर्भिस प्रा.लि.का शिवबहादुर कुँवर र स्यारोन म्यानपावर सर्भिस प्रा.लिका सुरज कुशवाह रहेका छन । संघको माघ ६ गते हुने निर्वाचनका लागि जिसीसँगै अध्यक्षमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक एशोसियसनका तर्फबाट कुमुद खनाल, नेपाली कांग्रेस निकटकै भुवन सिंह गुरुङ, नेकपा एमाले निकट व्यवसायीको तर्फबाट राजेन्द्र भण्डारीको प्यानल प्रतिस्पर्धामा रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार