शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

प्राइम कमर्सियल बैंकमा नयाँ सञ्चालन समिति निर्वाचित, अध्यक्षमा श्रेष्ठ

आइतबार, माघ १ २०७९

काठमाडौं । शुक्रबार (तद्नुसार १३ जनवरी, २०२३) मा बसेको सञ्चालक समितिको ४५९ औं बैठकले सञ्चालक राजेन्द्रदास श्रेष्ठलाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ ।

बिहीबार सम्पन्न यस प्राइम कमर्सियल बैंक लि.को १५ औं वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक पद ३ मा राजेन्द्रदास श्रेष्ठ, उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य तथा सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक पद २ मा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार