शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

लोकतान्त्रिक फोरमद्वारा उम्मेदवारको सूची सार्वजनिक, अध्यक्षमा खनाल र महासचिवमा भुर्तेल

शनिबार, पुष ३० २०७९

काठमाडौं(जस)–नेपाली कांग्रेस समर्थित मेनपावर व्यवसायीहरुको छाता संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले आगामी माघ ६ गते शुक्रवार हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमिति निर्वाचनका लागि आफ्नो आधिकारिक उम्मेदवारको सूची सार्वजनिक गरेको छ । शुक्रबार भएको मनोनयनमा एशोसिएसनमा क्रियाशील धेरै व्यवसायीले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएपछि एशोसिएसनले आफ्नो आधिकारिक उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ ।
एशोसिएसनले निर्वाचन हुने ७ जना पदाधिकारीमध्ये अध्यक्ष उम्मेदवारमा कुमुद खनाल–फ्युजन इनटरनेशनल प्रालि, प्रथम उपाध्यक्षमा किशोर कुमार केसी–एसआरके नेपाल ओभरसिज प्रा.लि., द्वितीय उपाध्यक्षमा अख्तर हुसेन–हुसेन ओभरसिज इम्प्लोइमेन्ट प्रा.लि., तृतीय उपाध्यक्षमा संजय पनेरु–पनेरू गुडलक इन्टरनेशनल प्रा.लि, महासचिवमा मेघनाथ भुर्तेल–नील कमल ह्युमन रिसोर्स प्रा.लि, सचिवमा कर्णराज कटुवाल–डाइनामिक स्टाफिङ सोलुशन प्रा.लि. र कोषाध्यक्षमा हिमा गुरुङ–वीनर एचआर सोलुशन प्रा.लि. आधिकारिक उम्मेदवार रहेको जनाएको छ ।
एशोसिएसनले सदस्यका उम्मेदवारहरूमा चन्द्र बहादुर लिम्बू–उज्यालो ओभरसिज प्रा.लि, कैलाश पाठक–सिल्भर कर्नर इन्टरनेशनल प्रा.लि., तोरणकुमार कार्की–फाइन जब रिक्रुटमेन्ट प्रा.लि., नारायण भुसाल–युरो एशिया मेनपावर प्रा.लि, राजकाजी भोलान–भोलान राज ग्रुप अफ कम्पनी प्रा.लि., विक्रम श्रेष्ठ–शुभहारती मेनपावर प्रा.लि., कामेश्वर साह, मो. इजरायल–ओमामा मेनपावर प्रा लि., फिरोज खान र चन्द्रकमल श्रेष्ठ–सुपर्व फर अल्टिमेटम मेनपावर प्रा.लि. आधिकारिक उम्मेदवार भएको जनाएको छ । एशोसिएसनले आफ्ना उम्मेदवारहरुको नामावली सार्वजनिक गर्दै जित निश्चित भएको दावीसमेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार