शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

देशको भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य छ – सिके राउत

सोमबार, पुष २५ २०७९

काठमाडौं, २५ पुस । जनमत पार्टी अध्यक्ष तथा दलका नेता चन्द्रकान्त राउत (सिके राउत)ले देशको भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य रहेको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले देश जातीय तथा धार्मिक विधितायुक्त रहेकाले भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य रहेको बताएका हुन् । यसका लागि आफू नै उदाहरण रहेको उनको भनाइ छ । लोकतान्त्रिक व्यवस्थाको रक्षा र सम्वर्द्धन गर्नुपर्नेमा जोड दिँदै उनले जनताको यावत् समस्या समाधान गरेर अघि बढ्नुपर्ने बताए  ।

प्रतिक्रिया
सम्बन्धित समाचार