सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रुपन्देही सामाजिक संजाल अस्ट्रेलियाद्वारा रुपन्देहीको मर्चवारमा न्यानो कपडा सहित शैक्षिक सामाग्री बितरण

आइतबार, पुष २४ २०७९

बुटवल । रुपन्देही सामाजिक संजाल अस्ट्रेलियाले रुपन्देहीको मर्चवारका बिपन्न, अनाथ, असाहय तथा सीमान्तकृत समुदायका बालबालिकालाई न्यानो कपडा सहित शैक्षिक सामाग्री बितरण गरेको छ । संजालले सनिवार अमुवामा एक कार्यक्रम गरि रायपुर बगौलि सिलौ िटयाका बालबालिकाहरुलाइ सामाग्री बितरण गरेको हो । लुम्बिनी प्रदेश सभा सदस्य (बिधायक) कन्हैया बनिया , व डा २ का अध्यक्ष शसिदयाल चौधरी व डा ४ का अध्यक्ष ओम प्रकाश चौधरी व डा ७ का अध्यक्ष गनेश चौधरीको रोहबरमा संजालका अध्यक्ष मुक्तिराम पोख्रेल संस्थाका सल्लाहकार कमल प्रसाद भण्डारीले शैक्षिक सामाग्री बितरण गर्नु भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य कन्हैया बनियाँले अस्ट्रेलियाबाट मर्चवारलाई माया गरेर आउनु भएकोमा धन्यवाद दिनुहुदै यस्ले बालबालिकाको अध्यनमा सहयोग पुग्ने बिश्वास व्यक्त गर्नु भयो ।

जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य राजमन प्रसाद हरिजन, बगौलि माबिका प्रधानाध्यापक चन्द्रमणि चौधरी , वडा ७ का अध्यक्ष गनेस चौधरी, ४का अध्यक्ष ओम प्रकाश चौधरी, जनता मा.बि. ओडवलियाका शिक्षक सन्तराम गुप्ता, अमवा मा.बि.का शिक्षक रामप्रीत चौहान लगायतले संजालले सहयोग गरेकोमा धन्यवाद दिनु भयो । संजालका अध्यक्ष पोख्रेलले आफुले बिगतमा मर्चवारमा समाजिक क्षेत्रमा काम गर्दाको सम्झना आएकोले केहि सहयोग गर्न पाउदा खुसी लागेको बताउनु भयो । यस्तो कार्यक्रमलाई निरन्तरता दिने उहाले प्रतिबद्धता जनाउनु भयो ।

संजालले रुपन्देहीका १५० जना बिपन्न, अनाथ, असाहय तथा सीमान्तकृत समुदायका बालबालिकालाई न्यानो कपडा सहित शैक्षिक सामाग्री बितरण गर्न लागेको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । कार्यक्रमको संचालन समाजिक अगुवा कमलेश प्रसाद चौधरीले गर्नु भएकोे थियो

प्रतिक्रिया
सम्बन्धित समाचार