सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रचण्ड सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

बिहिबार, पुष २१ २०७९

 

काठमाडौं, २१ पुस । एकीकृत समाजवादीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । तर, सरकारमा भने सहभागी नहुने उसले निर्णय गरेको छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । २५ पुसमबाट संघीय संसदको अधिवेशन सुरु हुँदै छ । २६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था गरिदिने प्रधानमन्त्री प्रचण्डले संघीय ंसंसद सचिवालयलाई पत्राचार गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार