काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्र गरेको छ । एनआरएनएले एक वक्तव्य प्रकाशित गर्दै शुभकामना तथा बधाई दिएको छ।
मिति: २०७९ पौष १२
सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू
नेपाल सरकार, प्रधानमन्त्रीको कार्यालय,
सिंहदरबार, काठमाडौं ।
हार्दिक बधाई तथा शुभकामना ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ४४ औँ प्रधानमन्त्रीको रुपमा निर्वाचित हुनु भएकोमा गैरआवासीय नेपाली संघ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ । यहाँको कार्यकाल समृद्ध मुलुक निर्माणका लागि फलदायी र ऐतिहासिक हुने हामीले विश्वास राखेका छौँ ।
“नेपालीको लागि नेपाली” भन्ने मूल मन्त्रका साथ सन् २००३ देखि नै विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई एकै सूत्रमा बाँध्न यो संघ अनवरत रुपमा क्रियासील छ । विदेशमा बस्ने नेपाली भौतिक रुपमा मात्रै टाढा छन्, तर भावनात्मक रुपमा मातृभूमिप्रति सधैं उदार, जिम्मेवार र संवेदनशील छन् भन्ने साश्वत सत्यलाई स्थापित गर्दै संघले नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै आएको सम्माननीय प्रधानमन्त्रीज्यूलाई अवगत नै छ । देशलाई आवश्यकता परेको हरेक अवस्थामा नेपालमा महाभूकम्प आएको बेला होस् वा बाढीपहिरोको कहरले आक्रान्त नेपाली जन–जनलाई मल्हम लगाउन होस् वा कोभिड–१९ को महामारीको विषम् परिस्थितिमाझ — विदेशमा रहेका नेपालीहरुले यथाशक्य सहयोग गर्दै आएको विदितै छ ।
सम्माननीय प्रधानमन्त्रीज्यूको कुशल नेतृत्वमा राष्ट्रको आर्थिक र सामाजिक विकासले गति लिने र मुलुक सम्बृद्धि तर्फ उन्मुख हुनेमा संघ विश्वस्त रहेको छ । नेपालको इतिहासमै पहिलो पटक संवैधानिक व्यवस्था बमोजिम गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न नेपालको संसदबाट दुई, दुई पटक विधेयक पारित गराउन तत्कालिन सरकार लगायत यहाँले निर्वाह गर्नु भएको भूमिकाको संघ उच्च मूल्यांकन गर्दछ । यहाँको कार्यकालमा गैरआवासीय नेपालीका नागरिकता, वैदेशिक रोजगारीका समस्या, गैरआवासीय नेपालीलाई नेपाली सरह लगानीको वातावरण प्रदान गर्ने तथा अन्य हक, हित र अधिकारका विषय सम्बोधन हुने विश्वास हामीले राखेका छौँ । साथै नेपाल र नेपाली भएका विश्वभरका देशहरुमा दोश्रो पिढीका नेपालीलाई नेपाल
संग जोडन भाषा, कला, संस्कृति र पारस्परिक सम्बन्ध विस्तारले थप उचाई लिनेमा आशावादी छौँ ।
अन्त्यमा, गैरआवासीय नेपाली संघ नेपालको सम्बृद्धिका लागि नेपाल सरकारसँग सहकार्य र समन्वय गरेर अगाडी बढ्न सदाझैं प्रतिबद्ध छौँ ।
यहाँको सफल कार्यकालको लागि हार्दिक शुभकामनाका साथ,
रविना थापा डा. बद्री के.सी कुल आचार्य
कार्यकारी अध्यक्ष अध्यक्ष अध्यक्ष