zestkhabar

शनिबार, असोज १३ २०८०

  • शनिबार, असोज १३ २०८०
Janasawal - प्रवासबाट प्रतिनिधि र प्रदेशसभाको चुनावलाई नियाल्दा, बिमल सुवेदीको विश्लेषण

प्रवासबाट प्रतिनिधि र प्रदेशसभाको चुनावलाई नियाल्दा, बिमल सुवेदीको विश्लेषण

प्रवासबाट प्रतिनिधि र प्रदेशसभाको चुनावलाई नियाल्दा, बिमल सुवेदीको विश्लेषण


  • जनसवाल
  • आइतबार, पुष १० २०७९
2.7K
SHARES

नेपालको संविधान २०७२ मा ब्यबस्था भए अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्ती पूर्ण तवरले सुसम्पन्न भएको छ । लोक्त्रान्त्रको प्राप्तीपछीसंविधानसभाको दुई चोटि चुनाव भएर संविधान निर्माण हुनु स्थानिय, प्रदेश तथा प्रतिनिधि सभाको दुई दुई पटक निर्वाचन हुन सक्नु आँफैमा सुखद कुरा हो । नेपालको २००७ सालको आन्दोलन र राणा शासनको अन्त्य २०१५ सालको आमनिर्वाचन, राजामहेन्द्रले प्रजातन्त्रको गला निमोठेको अमिलो कथा केही ईतिहासमा केही सिनियर हरुबाट सुनेको मैले २०३६ सालको आन्दोलन निर्दलको जित सुदारिएको पञ्चायतमा कसरी देश प्रबेस गर्‍यो भन्ने कुरा तत्कालिन पञ्चायत भन्ने किताबमा नपडेको हैन । यि कथा सुन्दै र पड्दै गर्दा २०४६ सालको जनान्दोलन घोषणा हुँदै गर्दा हाइस्कुलको फलामे साङ्लो भनेर चिनिने एसएलसी परिक्षाको तयारी गर्दै थिए । एसएलसीको परिक्षा सकियो फागुन सात आयो आन्दोलन भयो गाँउ गाउँमा पञ्चायत बिरोधी पम्लेट टान्स्ने सरकार लाई गाँउ गाउँमा बिकल्प खोजेका छन निर्दलिय पञ्चायत ब्यबस्थाको भन्ने सन्देस दिने उदेस्य नै ति पम्प्लेट र वहुदल बादी हरुको नारा लेखिनुको उदेस्य थियो । त्यती बेला लाग्दथ्यो बहुदलिय ब्यबस्था आए पछी, राजनैतीक प्रणाली स्थापित हुन्छ जनताको मौलिक हकको ब्यबस्था हुन्छ, सरकारी सेवा जनस्तरको हुन्छ, वितरण प्रणाली समान हुन्छ सवैले आफ्नो हक प्राप्ती गर्दछन । शिक्षा,स्वास्थ्य नागरिक को अधिकार र सरकारको कर्तब्य हो समानस्तरको शिक्षा र उपचार नागरिक ले पाउंछन रोजगारिको अवसर क्षमता योग्यता र दक्ष्यता अनुसार आमनागरिक ले पाउंछन भन्ने लाग्दथ्यो त्यही अनुसार त्यो टीनएजको उमेरमा आफुले जानेको कुरा अरुलाई सिंकाउन्दै र बहुदल पछी भएका निर्वाचन हरुमा प्रचार गर्दै गर्दा उदेश्य नभए पनि राजनैतीक लेभल लागि सकेछ । राजनीतिको ब्यबस्था फेरियो कुर्सिमा पुग्ने अनुहार फेरिए तर कार्य सैली फेरिएन देशको अवस्था परिवर्तन हुन सकेन ।

२०६२- ६३, सालको आन्दोलन सुरु हुँदा २०४६ सालमा पम्प्लेट टान्स्ने हातहरु मरुभुमिमा गैंची बेल्चा हान्दै थियो म जस्ता लाँखौ ब्यक्ती हरुको अवस्था त्यही थियो दैनिक हजारौं हजार युवाहरु मेनपावर र त्रिभुवन बिमानस्थलमा श्रमको लागि बिदेसिन लाइन्मा बस्न बाद्य थिए भने कर्मक्षेत्रमा कँयौ ब्यक्ती हरु भने जस्तो रोजगारी नभएर र कती पय कम्पनी नपाएर स्वदेश फर्कने उपाय पत्त्तालगाउन भौन्तारी रहेका थिए । यस्तो दयनिय अवस्थामा नागरिक हरुलाई पुर्याउने काम ब्यबस्थामा रहेर कार्य गर्ने हरुले देशको आर्थिक अवस्था सुदारगर्न नसकेकै कारण भएको हो भन्ने मा दुइमत रहेन । लोक्त्रान्तिक आन्दोलन सफल भए पछी झन बैदेशिक श्रममा निस्कने हरुको लर्को लागेर आयो त्यो लर्कोमा ८० प्रतिसत युवाहरु २०५२ साल बाट हतियार बोकेका देखी त्यही आन्दोलन मा सत्ता पक्ष बाट होस या बिद्रोह पक्ष बाट प्रताडनमा परेका हरु धेरै देखिन्थे ।

माओवादी भूमिगत आन्दोलनको चर्चा परिचर्चा बढी थियो, त्यो पोजेटिभ होस या नेगेटिभ तर जनता हारुमा एउटा आशाको केन्द्र बचेँको थियो माओवादी आन्दोलन र सात राजनैतीक दलको संयुक्त प्रयास बाट आएको लोक्त्रन्त्रमा अबस्य पनि देश र जनताले परिवर्तनको प्रतिफल प्राप्त गर्दछ त्यो पनि व्यबहारमा भएन आसामै सिमित रहन पुग्यो जब आन्दोलनकारीका नेता सतामा पुगेर सत्ताको रसपानमा कार्यकर्ता मरुभुमीमा उही कथा उही ब्यथा उही । गणतन्त्र प्राप्ती पछी पनि जे जती सरकार बने सवै सरकारको निती र नियत उस्तै देखियो आफ्ना र आसेपासेको बेगर जनताको जीवन प्रक्र्यामा सुधार ल्याउने काम पट्टक्कै भएका छैनन यो प्रवास बाट राजनैतीक दल र नेताहरुमा देखिएको कम्जोरी हो ।

संविधान सभाबाट निर्मित संविधान र त्यसपछी लगातार दोस्रो पटक क्रमस स्थानिय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुनु अबस्य पनि देशको राजनैतीक बिकास र स्थाइत्तोमा थपिनु खुसिको कुरा हो । यो निर्वाचन संगै देस्ले पाँच बर्षामा मात्रै निर्वाचन बेहोर्न पर्दछ भन्ने संविधानको मर्म लाई पनि कार्यन्वयन तहमा पहिलो प्रतिनिधि सभाको पूर्ण कार्यकाल बनाउन राजनैतीक दल हरुले गरेको सुझ बुज पूर्ण निर्णयले पनि स्पस्ट पार्दछ । तथापी देशको लोक्त्रन्त्रमाथि अजै खतराका वादल हरु मडारिरहेको अनुभुती नभएका हैनन, त्यसरी वादलमडारिनुमा धेरै हद सम्म लोक्त्रन्त्र ल्याउने दल हरुको भूमिकाले पनि रोल प्ले गरेको छ । तितो सत्य रक्षक नै भक्षक भने झै भएको छ हरु नै घरी घरी भक्षक रुपमा नदेखिएलान भन्न सकिन्दैन किनकी पाट्रीगत नेत्रित्व बर्गमा रहेको म भन्ने इगो र तुस बेलावखत देखिनाले लोक्त्रन्त्रको सुद्द्रिडीकरणमा असहज स्थित बेला बेलामा देखी रहेको छ । धान खाने मुसो चोट पाउने भ्यागुतो भन्ने भनाइ चरितार्थ हाम्रो राजनीतिमा कही कतै हुँदै आएको छ लोक्त्रन्त्र माथि खतरा नागरिक बाट हैन नेता बाटनै हुँदै आएको छ । । हरेक दस या १५ बर्षमा राजनैतीक अस्थिरता देखिएकै कारण देश झन्डै एक्सताप्दी पछाडि परेको हो भन्ने कुरा हरेक राष्ट्रिय दल र तिनका नेताले बुज्न र आँफु भित्र सुधार ल्याउनु जरुरी छ । २००७ पछी नै देसमा पटक पटक राजनैतीक परिवर्तन हुनु हरेक नयाँ परिवर्तनले पुरानो परिवर्तनन को जड लाईनै उखेली दिनुले देश्को बिकास निर्माणको पथ अवरुद्द भएकैले हर परिवर्तन पछी यो कहिले सम्म भन्ने मनोविज्ञान नागरिक हरुमा पारीरहेको छ भने सानो अवरुद्रता ले पनि डरको सिर्जना एका तर्फ गरिरहेको छ भने नेत्रित्व वर्ग भित्र रहनु पर्ने इमानजमान नदेखिनु र क्षणिक स्वार्थमा लट्पटीरहनु रहनु नै हाम्रो लोक्त्रन्त्रको स्थाइत्वमा देखिएका कमजोरी हुन ।

यस् पटकको आम निर्वाचनमा प्रवासमा रहेर निहालेर हेर्दा जनतामा त्यती उत्साहा नदेखिएको स्पस्ट रुपमा देखिएको थियो भने प्रवासमा रहेका नागरिक हरुले सोसियल मिडिया मार्फत आफुलाई मन परेकोदल र वा उमेद्वारको पक्षमा मत माग्नेको दोहोरी जस्तै देखिन्थ्यो । २०४८ को चुनाव ताका रङिएका भिताहरु भित्ते लेखनमा रमाइलो हुन्थ्यो भने अहिलेको प्रचार सैली सोसियल मिडियामा रमाइलो हुन्छ लाग्छ २०४८ देखी २०७९ सम्मको परिवर्तन यही हो । किनकी यो अवधिमा जुनसुकै दल सत्तामा पुगे पनि आफ्ना र आसेपासेको मात्र हित र जनहितको पक्षमा कम ध्यान अथवा ध्यानै नपुगेको स्पस्ट हुँदा हुँदै पनि तिनै पाट्री वा स्वतत्न्र हरुको पछाडि प्रचार प्रसार गर्नु हामी हरुको एक किसिमको बाद्यता हो कम्तिमा लोक्त्रत्र बचिदियो भने आज नभए पनि भोली सुधार हुन्छ भन्ने आसामा । यस पंतिकारकारले पनि सोसियल मिडियाको प्रयोग गरेर आफ्नो कर्तब्य पुरा नगरेको हैन । यद्दपी राजनीतिक दलको घोषणा पत्रमा बहुमतको सरकार र लोक्त्रान्त्रिक ब्यबस्थाको सुद्द्रिडी करण बाहेक देश्ले भोगेका तमाम समस्या जस्तै जन स्वास्थ्य, शिक्षा तथा रोजगर, सदियौ देखिको भ्रस्टाचार नियन्त्रण, लगानि आकर्षण, जनजिबिकको सुधार जस्ता बिषयमा प्रतिबद्द पत्र र घोषणा पत्रमा केही थिएन । पँतिकारले एउटा एक पाट्रिले घोषणा पत्रमा प्रवासका कुरा के के समेट्न उचित हुन्छ भनी सुझाब माग्दा सुझाब दिंदा पनि घोषणापत्रमा राख्न कन्जुस्याइ गरिएको अवस्था देख्दा अचम्म नलागेको भने हैन ।

झन्डै ८ महिना अगाडि सम्पन्न स्थानिय चुनाव र अहिले सम्पन्न प्रतिनिधि सभा प्रदेश सभाको निर्वाचनले साँच्चै नै लोक्त्रन्त्रको स्थाइत्वमा एक इटा थिपियो होला तर कृपया देशको नेत्रित्व हांकेका राजनैतीक दल लोक्त्रन्त्र ल्याउन लाग्नु भएका नेता गण हरुले एक चोटि छातीमा हात राखेर इमान्दर भएर सोचिदिनोस त तपाईं हरुले लोक्त्रान्त्रिक पद्दतिको भावना अनुसार कार्य गरी रहनु भएको छ । मतभेद लोक्त्रान्त्रिक व्यासथाको सुद्रिडी करणको लागि कि नेत्रित्वको वरीपरी आफु मात्रै रहन ? यहाँहरुले, राजनैतीक, आर्थिक तथा सामाजिक क्षेत्रमा यो १४ बर्षको अवधिमा के कती जनमुखी र अग्रगामी कदम चाल्नु भयो थाहापाउन पाए प्रभासमा रहेर रगत र पसिना संग पैसा साटेर देश र प्रशासन परिचालन को लागि रेमिटेन्स पठाउने हरु आभारी हुने थिए । तपाईं हरुले आफ्नो घोषणा पत्रमा कार्यक्षेत्रमा कार्यगर्दै फुर्सदको समयमा केही मनोरन्जन को लागि प्रयोग गर्ने टिभी जतिसुकै इन्चको किन नहोस ल्याउन किन दिन सक्नु हुन्न ? घरयासी प्रयोग कालागी ल्याउने सामान निर्विवाद ल्यान सक्ने ब्यबस्था किन गर्न सक्नु हुन्न ? प्रदेसमा कार्यरत एकल परिवारको लागि स्वास्थ्य शिक्षामा केही सुविधा दिनु भएको छ ? अथवा चर्को घाममा गैन्ची बेल्चा हानेर पठाएको पैसाको वचतमा बढी ब्याज दिने ब्यबस्था गर्नु भएको छ वा त्त्यसको वचत मार्फत थप आय आर्जनको लागि लगानी गर्ने बातावरण सिर्जना गर्ने बचन वद्दता ब्यक्त गर्न सक्नु भएको छ ? के तपाईंले प्रभासमा सिकेको सिप लाई स्वदेस्मा कार्यन्वयन गर्न सक्ने ब्यबस्थित आर्थिक योजना को खाका बनाउनु भयो । रेमिटेन्स प्रिय हुने रेमिटेन्स पठाउने हात र अनुहार अप्रिय हुने जस्तो कार्य सैली लोक्त्रन्त्रमा हुन्छ र ? यि सवै कुरा देशको आर्थिक बिकास सँग जोडीएका छन जाव सम्म देशमा आर्थिक बिकासको जग बस्दैन तब सम्म युवा पलायन रोकिदैन जव युवा पलायन हुन्छन देशको दिर्घकालिन बिकास संवभ छैन । विश्वमा कुनै पनि देश त्यस्तो छैन जुन रेमिटेन्सले धनी भएको होस, बरु रेमिटेन्सको सहि सदुपायोग मार्फत उद्दम बिकास भएका देश विस्तारै आर्थिक सम्म्रिद्दी तर्फ उन्मुख भएको पाहिन्छ । उदाहरणको लागि नै भन्ने हो भने चीन र भारतको आजको अवस्था भनेको पहिला रेमिटेन्सकै कमाइ हो ।

मैले राम्रो संग हेरेको २०४८ सालको चुनावमा जनताले परिवर्तनको पक्षमा मतदान गरे ५१ सालमा परिवर्तन गरेंम भनेर मात्रै हुँदो रहेनछ बैकल्पिक सक्ती चाहिंदो रहेछ भनेर पञ्च हरुको पाट्री रा.प्र.पा लाई बैकल्पिक सक्ती बनाउन खोजे तर उनिहरुको सत्ता लिप्साको परकास्टले सिमा नाघ्यो उनिहरु खुम्चिए । २०६४ मा परिवर्तनको संवहाँक सोची माओवादी लाई मतदान गरे तर उहा हरुको पनि बोलाई र गराइमा तारतम्य मिलेन ७० मा परिवर्तन दिए ७४ मा वाम्पन्थीको मात्रै सरकार दिए त्यसले पनि स्थिरता दिन सकेन । परिक्षण परिक्षण गरेर वाक्क भएका जनताले सानो संकेत २०७९ को स्थानिय चुनावमा दिएका थिए एक महानगर तथा दुई उप महानगर पालिकामा स्वतन्त्र ब्यक्तिलाई विजयी गराएर । प्रतिनिधि सभा र प्रदेश सभामा यो अली नै बढी देखियो । सोसियल मिडिया भए पछी के चाहियो र भने झै अपेक्षा गर्दा गर्दै निरास भएका जनताको मनलाई पारीपर्तित गर्न बिकास बिकास भन्ने थेगो र यसले यो गरेन उसले यो खायो भन्यो बक्तब्य सिंगार्न सके चुनाव जित्ने परिस्थिती बन्यो । राजनैतीक पट्रीहरुको सत्ताकेन्द्रित राजनीति देखेर वाक्का भएका जनताले सौताको रिसले पोइको काख फोहर गरे झै बक्तब्यकै भरमा विश्वाश गरेर जिताइदिनु भनेको लोक्त्रन्त्रको हितमा त हुँदै हैन आफु त पेलिए पेलिए भविस्यका सन्तान लाई पनि स्वदेशमा केही नहुने बातावरण बनाइदिन भर्र्याङ् हल्नु वरावर हो । शब्दका मिठास खोजेर मतदान गर्ने हो भने बैमान हरुलाई जती मिठा कुरा गर्न अरुलाई आउन्दैन । यो चुनावको पारीणाम त्यै सैलिको आएको छ मतदाता हरुले विवेक प्रयोग नगरि भावनामा बगेर मतदान गरेको स्पस्ट देखिन्छ यही भावनामा बगेकै करण लोक्त्रन्त ल्याउन वर्षौ लडेका पाट्री हरुको मतसंख्या घटेको छ ।

दलहरुले आफुहरुले विगतमा गरेको गल्ती अब नगर्ने प्र्तिबद्दता गर्दै जन अपेक्षा अनुसार लोक्त्रान्तिक व्यबस्थाको भाब अनुसार समाजमा फुल्ने सवै किसिमका फुलहरुलाई समान अवसर दिएर देशको आर्थिक तथा सामाजिक बिकासमा अर्जुन दृष्‍टि गरी नातावाद कृपावाद को अन्त्य तिर पाहिला चाल्न सकिएन भने देश्मा ढिलो चाँडो अर्को संविधान आउने गरी राजनैतीक अस्थिरता आउने होकी भन्ने किसिमको आम निर्वाचनको नतिजाले लक्षण देखाएको त हैन ? राजनैतीक प्रणाली स्थापित गर्न नै हामीले झन्डै एक सताब्दी खर्च गरिसकेका छौ अजै पनि संविधान र लोक्त्रन्त्र माथिनै विभिन्न सक्ती बाट प्रहार भै रहेको बर्तमान अवस्थामा संघीयतालाई नै प्रभाब गर्ने गरी प्रदेशमा चुनाव नलड्ने देखी नेपालनै टुक्र्याउने नारादिने देखी हिन्सात्मक आन्दोलन लाई प्रेरणादिने हरुले बिजयी माला पहिरंदै गर्दा यसको सन्देश यदी अजै पनि तिमीहरुले सत्तामा रहेर सार्वजनिक सेवा र बितरण प्रणालिमा सुधार लाई आमनागरिक लाई सम्मान गर्न नसक्ने हो भने अस्थिरताको बादल थप मडारिने संकेत निर्वाचन पारीणामले दिएको छ । मत पारीणाम प्रती गम्भिर भएर सोचेर राजनैतीक दल हरुले आफ्नो कार्यसैलीमा सुधार गर्नु अत्यावस्यक भएको छ । तसर्थ भर्खरै सफत लिनु भएका मनन्निय हरुलाई बिशेष अनुरोध जसरी सफत लिन्दा कुनै किसिमको लोभमोहमा पर्ने छैन खाएको कसम लाई इमान्दारी पुर्वक लागु गर्नुहोस र प्रतिनिधि सभालाई कान्नुन निर्माणको स्थलोको रुपमा र स्थानिय निकायलाई बिकास प्रकृया सँग जोड्ने गरी कार्य गर्न र लोक्त्रन्त्र लाइ सुद्दद्रिड गर्न यो कार्यकाल सफल होस हार्दिक शुभकामना । जयनेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट