निश्चल दाहाल ७ पुस, काठमाडौं । प्रतिनिधिसभा सदस्यहरुले शपथ लिँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १३ जना सांसदले अन्य सांसद भन्दा थप शपथग्रहण गरेका छन् । संघीय संसद सचिवालयद्वारा उपलब्ध गराइएको शपथमा थप एक वाक्य जोडि सपथ लिएका छन।
राष्ट्रपती विद्या देवि भण्डारि मार्फत संसदका जेष्ठ नागरिकको रुपमा पशुपतिशमशेर जबराले सपथ अगावै लिइसकेको अवस्थामा राप्रपाबाट निर्वाचित राजेन्द्र लिङ्देन, दीपक बोहरा, ज्ञानबहादुर शाही (ज्ञानेन्द्र), दीपक सिंह, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, धवलशमशेर राणा, पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जयसवाल र अनिशा नेपाली ले आज सपथ लिएका हुन।
‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु’ भन्ने थप वाक्य पढेर हस्ताक्षर गरी राप्रपा सांसदहरुले सपथ पत्र संघीय संसद सचिवालयमा बुझाएका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन २०७४ शालमा राप्रपाबाट एक्लो प्रतिनिधि रहदा पनि सोहि वाक्य थप गरि सपथ लिएका थिए भने यो पटक थप १३ सांसदलाइ सो वाक्य थप गराइ सपथ खुवाएका छन। अध्यक्ष लिङ्देनले आफ्नो फेसबुकमा , ‘अघिल्लो कार्यकालझैं आज पनि निर्धारित शपथका अतिरिक्त थप शपथसहित प्रतिनिधि सभा सदस्य पदको शपथग्रहण कार्यक्रममा सहभागी भइयो ।’ भनी लेखेका छन।