पत्रकार महासंघ कतार शाखाले शुक्रवार नेपाल तथा अमेरिकाबाट कतार आएका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कतार शाखाका अध्यक्ष करिम बक्स मियाले कतारमा पत्रकारिता गर्दा समस्या झेल्नुपरेको यथार्थ र नेपालमा मिडियासँगको सहकार्य अझ प्रगाढ हुनु पर्ने औल्याए । 
उक्त अवसरमा नेपालबाट कतार आएका जनसवाल रास्ट्रीय दैनिकका सम्पादक रामजी बगाले, रोजगार मिडियाका सम्पादक उद्वव भट्टराई, प्रवास खवरका संचालक बिनेश खनाल, उद्धार न्युजका सम्पादक रबि रोशी तथा अमेरिकाबाट आएका टिभी सण्डेका सम्पादक किरण मरहठ्ठाले प्रवासमा आफ्नो ड्युटीको बाबजुत पनि पत्रकारिता गर्नु चुनौतिपूर्ण रहँदा पनि कतारमा कलम चलाउने पत्रकारहरुको प्रसंसा गरेका थिए ।
उनिहरुले कार्यक्रममा महासंघ कतार शाखासँग सहकार्य गरेर अगाडी बढ्ने समेत बताएका थिए ।