शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

घनश्याम भुसाललाई हराउदै रुपन्देही-१ बाट एमालेका विश्वकर्मा विजयी

शनिबार, मंसिर १० २०७९

बुटवल । रुपन्देही-१ बाट प्रतिनिधिसभामा नेकपा एमालेका छबिलाल विश्वकर्मा विजयी भएका छन् । विश्वकर्माले २४ हजार ८७२ मत प्राप्त गरेर जित हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी गठबन्धनको समर्थन रहेका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले २१ हजार ३०८ मत प्राप्त गरेका छन् ।

त्यस्तै यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका नरेशबहादुर पछाई क्षेत्रीले १४ हजार १३८ मत प्राप्त गरेका छन् भने नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले १३ हजार ९४६ मत प्राप्त गरेका छन् । त्यस्तै जनमत पार्टीका कैलाश गुरुङले ५ हजार १६६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार