शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

रोनाल्डोको किर्तिमान, पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी

शुक्रबार, मंसिर ९ २०७९

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो पाँच विश्वकप फुटबलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

रोनाल्डोले विहिबार घानाविरुद्धको खेलमा पेनाल्टीमार्फत गोल गर्दै यस्तो रेकर्ड बनाएका हुन् ।

रोनाल्डोले पोर्चुगलले पाएको पेनाल्टीलाई खेलको ६५औं मिनेटमा गोल गर्दै नयाँ किर्तीमान बनाएका हुन् । रोनाल्डोले विश्वकपमा गरेको यो आठौँ गोल हो ।

रोनाल्डोको गोलमा पोर्चुगलले समुह एच अन्तर्गतको खेलमा घानाविरुद्ध १-० गोलको अग्रता लिएको छ ।

यो गोलसहित रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबलमा गोल संख्या ११८ गोल भएको छ । उनी अन्तराष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार