बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

यो प्रतियोगिता मानवीयता र संचारको अनुपम उदाहरणसहित सफल हुनेछ : कतारका अमिर शेअ तामिम विन हमाद अल थानी

बुधबार, मंसिर ७ २०७९

काठमाडौं । कतारका अमिर शेअ तामिम विन हमाद अल थानीले विश्वकप फुटबल उदघाटन समारोहमा व्यक्त गरेको स्वागत मन्तव्य

परम दयालु, मायालु भगवानको नाममा
म कतार तथा अरब राष्ट्रका तर्फबाट विश्वका सबैलाइ विश्वकप फुटवल २०२२ मा स्वागत गर्न चाहन्छु । विश्वकप फुटवल प्रति प्रतियोगिता सफल बनाउंन हामीसंगै धेरैले धेरै नै मेहेनत गरेका छौं । हामीले मानवताको रक्षार्थ सकेको सबै उपाय लगाएका छौं ।
अन्ततः हामी विश्वकप शुरूवाती घडीमा आइपुगेका छौं, जुन दिनको तपाइं हामी सबैले धेरै प्रतिक्षा गरेका छौं ।
यो विशिष्ट मौषममा आजदेखि शुरू भएर २८ दिनसम्म चल्ने प्रतियोगितालाइ सम्पुर्ण विश्वसंगै हामी पनि पछ्याउंने छौं । भगवानले चाहेमा यो प्रतियोगिता मानवीयता र संचारको अनुपम उदाहरण सहित सफल हुनेछ ।
विश्वका कुना काप्चा, विभिन्न जातजाती, धर्म, भेषभुषा, रहन-सहन र फरक विचारमा मानिसहरू जसरी कतारमा भेला भएर यी रोचक प्रतियोगिताका आनन्द लिनुहुनेछ त्यसैगरी विश्वका सबै ठाउंमा घरघरमा टेलिभिजन सेट अगाडि तिनै रोचक पललाइ अनुभुत गर्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।
एउटै समयमा मानिस मानिसलाइ छुट्याउंने विषयलाइ भुलेर मनोरञ्जन या आनन्द लिन पाउंनु तथा त सबैलाइ एक ठाउंमा समेट्न सक्नु सांच्चै नै धेरै सुन्दर काम हो ।

म सबै प्रतिस्पर्धी टिमलाइ आकर्षक प्रदर्शन, उच्च मनोवल तथा उत्साहका साथ खेल प्रदर्शनको लागि हार्दिक शुभकामना दिन चाहन्छु ।
र, आशा गर्दछु कि आगामि दिनहरू अझ धेरै उत्साहि र मनोरञ्जनात्मक बनुन ।
स्वागत तथा भाग्यले साथ देओस् ।
सबैलाइ धन्यवाद ।

प्रतिक्रिया
सम्बन्धित समाचार