संयुक्त अपील
गठबन्धनबाट लोकतन्त्र ल्याउन र संविधान बनाउन हुने तर चुनाव लड्न र सरकार बनाउन किन नहुने ?
नेपालको संविधान २०७२ अनुसार दोस्रो आवधिक (०७९–८४) निर्वाचन सम्पन्न हुने क्रममा छ । असल शासन, समुन्नति, बलियो अर्थतन्त्र लोकतन्त्रको सुन्दर पक्ष हुन, संविधानको रक्षा, स्थिरता र समृद्ध नेपालको लागी (लोकतान्त्रिक वाम गठवन्धन) देशको वर्तमान आवश्यकता हो । सुन्दा अनौठो लाग्न सक्दछ तर ईतिहासलाई मध्य नजर गर्ने हो भने गठवन्धनबाटै २०६२–६३ को आन्दोलन सफल हुनु दुइसय बर्ष भन्दा बढ़ी शासन गरेको राजतन्त्र अन्त्य हुनु नेपालको संविधान २०७२ जारी गरिनु पनि गठवन्धनवाट मात्रै सम्वभव भएको कुरा जगजाहेर छ । राजनीतिक व्यवस्था परिवर्तनको लडाईंमा गठवन्धन जायज हुन्छ भने मुलुकको आर्थिक अवस्था परिवर्तनको लडाईंमा पनि गठ्वन्धन हुनु नाजायज कसरी हुन सक्दछ यो राष्ट्रिय आवश्यकता हो भन्ने कुरामा प्रवास स्थितभात्री संस्थाहरु नेपाली जनसम्पर्क समिति कतार, नेपाली जनप्रगतिशील मन्च कतार, प्रवासी नेपाली एकता मन्च कतार र कतार नेपाली एकता समाजको ठहर छ । सत्ता गठ्वन्धन सहित लोसपाको गठवन्धन प्रती हाम्रो ऐक्यवद्धता जाहेर गर्दछौ ।
संविधानको प्रस्तावनाको अंस –बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसाथ गरी विविधताबीचको एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न गठवन्धन सहित चुनाव लड्नु स्थिर सरकारको परीकल्पना अहिलेको राष्ट्रिय आवश्यकता हो । निरंकुशतालाई रोक्न र प्रतिगमन शक्तिलाई परास्त गर्न राष्ट्रियता र लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्न, देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन भ्रष्टाचारमा शून्य सहनशील सहित सुशासन र जनताको घरदैलोमै प्रभावकारी सेवाकोे सुनिश्चितता गर्न स्थिर सरकारको आवश्यक छ त्यसको लागि यो गठबन्धन हो, भन्ने हाम्रो ठहर् छ ।
वर्तमान अवस्थामा गठवन्धनको विरोध गर्नेहरु देशमा अस्थिरता निम्त्याएर प्रतिगमनलाई साथ दिने तत्वहरु भएको ठहर् गर्दै नेपाली नागरिक र हर उमेर समुहका मतदाताहरुलाई ४ मंसिर २०७९ मा हुने निर्वाचनमा सचेत भएर सत्तारुढ गठवन्धनको पक्षमा उभिएर मतदान गर्न हामी संयुक्त अपिल गर्दछौ । धन्यवाद
मोहम्मद अजिज अलि
सभापति
(नेपाली जनसम्पर्क समिति कतार)
बुद्धि प्रसाद भण्डारी
अध्यक्ष
(नेपाली जनप्रगतिशील मन्च कतार)
रामहरी गैर्हे
अध्यक्ष
(प्रवासी नेपाली एकता मन्च कतार)
बिष्णु थापा
अध्यक्ष
(कतार नेपाली एकता समाज)