शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

काठमाडौं महानगरका मेयरलाई निर्वाचन आयोगको स्पष्टिकरण, दुई दिनभित्र जवाफ दिन निर्देशन

शनिबार, कार्तिक १९ २०७९

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई स्पष्टिकरण सोधेको छ । ईन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीले मेयर साहको तस्बिर र नाम राखेर निरन्तर भोट मागिरहेका कारण उनको त्यस पार्टीसँग सम्लग्नता रहे नरहेको बारे जानकारी दिन स्पष्टिकरण मागेको हो ।

आयोगले पत्र प्राप्त भएको दुई दिनभित्र स्पष्टिकरण दिन मेयर साहलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार