आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

जसपा कतारका बरिस्ठ उपाध्यक्षलगाएत १३ पदाधिकारीद्वारा पार्टी परित्याग गरि माओवादी प्रवेस गर्दै

बुधबार, कार्तिक १६ २०७९

कतार । जनता समाजवादी पार्टी प्रवास संगठन कतारका सल्लाहकार, बरिस्ठ उपाध्यक्ष,उपाध्यक्ष, कोषाध्यक्षलगायतका पदाधिकारीले आज एक बिज्ञप्ति जारि गर्दै जनता समाजवादी पार्टी परित्याग गरेका छन । सल्लाहकार पदम राई,ननिद्र राई, बरिस्ठ उपाध्यक्ष प्रकास आलेमगर ,उपाध्यक्ष राजकुमार राई , महिला उपाध्यक्ष देवी कुमारी मगर, कोषाध्यक्ष गजेन्द्र खालिङ,सह कोषाध्यक्ष एक्का प्रसाद तामाङ्ग र सदस्यहरु आशा राई,प्रकृती राई,डाडोमाया शेर्पा राई,धर्मराज राई,डवाङ्म फुरि शेर्पा,बिज्ञान राईले संयुक्त बिज्ञप्ति निकालेर पार्टीले गलत बाटो समाएको,निर्वाचनमा एमालेसँग सहकार्य गरेकोलगाएतका आरोप लगाउदै पार्टी परित्याग गरेको जनाएका हुन । जसपा परित्याग गरेर उनिहरु नेकपा माओवादी केन्द्रको प्रवास संगठन जनप्रगतिशील मंच कतारमा प्रवेश गर्न लागेका हुन । पार्टी परित्याग गरेका एक पदाधिकारिले आफूहरु केही दिनमै जनप्रगतिशील मंच कतारमा प्रवेश गर्ने बताए । समाचार स्रोतका अनुसार उनीहरु शुक्रवार जनप्रगतिशील मंच कतारमा प्रवेश गर्दैछन ।

जनता समाजवादी पार्टी प्रवास संगठन कतारका पदाधिकारीको
प्रेस विज्ञप्ति

आधुनिक नेपालको राजनीतिक इतिहासमा २०४६ सालको पहिलो नेपाली जनताको जनआन्दोलनले बहुदलीय राजतन्त्र बलिदानीपुर्ण संघर्षले १० बर्षे जनयुद्ध २०६२/ ६३ को शान्तिपुर्ण आन्दोलनले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षाता, समानुपातिक , समावेशीता, लगायतका ऐतिहासिक उपलब्धिहरुलाई रक्षा र संस्थागत गर्दै बाँकी रहेका हक अधिकारहरु सडक र सदन दुवै माध्यमहरुको समुचित प्रयोग मार्फत हासिल गर्दै समाजवादमा पुगेर छाड्ने अन्तिम लक्ष्य र उद्देश्यका साथ एउटै मुद्दा र आस्था बोकेका विद्यमान राजनीति दलहरूसँग विभिन्न चरणहरुमा एकीकरण गर्दै ससफो सपा हुँदै जसपासम्म आइपुग्दा साँच्चिकै वैकल्पिक पार्टी निर्माण हुन लागेको महशुस भएको थियो । देशमा श्रमको चरण अभावको कारण विदेशी भुमी कतारमा रहेर पनि आर्थिक, नैतिक, भौतिक, र सामाजिक रूपमा हामीले हर्षौल्लाका साथ पार्टी संगठन निर्माण र विस्तारमा अहोरात्र खट्दै आएको यहाहरुलाई सर्वविधिततै छ ।
तत्कालीन प्रधानमन्त्री खडक प्रसाद ओलिले वर्तमानमा उल्लेखित संवैधानिक व्यवस्था विरुद्ध असंवैधानिक कर्तुत अपनाउदै पटकपटक जिवित संसदको हत्या गर्दै अग्रगामी र पस्चगामीका नाममा पार्टी विभाजित भइ जसपा र लोसपामा परिणत हुनु र पछिल्लो पटक मन्त्री मण्डल विस्तार गर्दै मन्त्रीहरु फेरबदल गर्ने क्रममा नातावाद, कृपावाद र आर्थिक चलखेलको कारण पुनः बिभाजित भइ जसपामा परिणत हुनु पहिचान पक्षधरहरुको लागि अत्यन्तै दु:खद क्षण थियो ।

पाँच दलिय गठबन्धनको नाममा गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पार्टीले ब्यहोर्नु परेको ठूलो क्षतिलाई मध्यनजर गर्दै आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा उक्त पाँच दलिय गठबन्धनबाट अलग्गिएर आफैले करार गरेको प्रतिगमनकारी पार्टी नेकपा एमालेसँग नयाँ चुनावी गठबन्धनमा बाँधिनुने अंक गणितीय जोड-घटाउमा केही महत्त्व त राख्ला नै तर पार्टीले बोकेको वैचारिक तथा नीति सिद्धान्त र पहिचानको सवालमा अत्यन्तै हानिकारक र प्रत्युत्पादक रहेको ठहर गर्दै आजकै मिति देखी यस जनता समाजवादी पार्टीको प्रवास संगठनबाट तल नाम उल्लिखित भए बमोजिमको पदाधिकारीहरुले यसै विज्ञप्तिमार्फत उक्त पार्टी परित्याग गरेको घोषणा गर्दछौ ।

प्रतिक्रिया
सम्बन्धित समाचार