शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एनआरएनए अष्ट्रियाले भब्य रुपमा मनायो तिहार २०७९

बुधबार, कार्तिक १६ २०७९

एनआरएनए अष्ट्रियाले जपन राईको संयोजकत्वमा राजधानी भियनामा भब्य लक्ष्मी पूजा तथा देउसी भैलो कार्यक्रम आयोजना गर्यो। दुई चरणमा आयोजित कार्यक्रमको पहिलो दिन बिनोद खड्का , मन्जु खड्का निवास , राम तिवारी निवास र नेपाली राजदूत महामहिम भरत कुमार रेग्मीको निवासस्थानमा देउसी खेलिएको थियो।दोस्रो दिन आम अष्ट्रियाबासी नेपालीहरुलाई निमन्त्रणाको साथ् हलमा विधिवत लक्ष्मी पुजा समेत सम्पन्न गरिएको थियो। लक्ष्मी पूजा तथा औपचारिक कार्यक्रम एनआरएनए अष्ट्रिया अध्यक्ष भवानी तिवारीको सभापतित्वमा र राजदूत रेग्मीको प्रमुख आतिथ्यता, एनआरएनए आइसीसी सदस्य विकाश कार्की , संरक्षक एनआरएनए अष्ट्रिया संस्थापक अध्यक्ष शुभ राणा, स्थापनाकालीन पदाधिकारीहरु प्रभु श्रेष्ठ , दिलिप कपाली, संस्थाका सल्लाहकार प्रमोद शेरचन , मित्र खत्री , बिक्रम लामा , लक्ष्मण भूजेल , अनुशासन समिति सदस्यद्वय मनि थेबे , प्रदीप भण्डारी , नेसास अष्ट्रिया अध्यक्ष मन्जु खड्का , नेपाल आदिवासी जनजाति महासंघ अष्ट्रिया अध्यक्ष स्वेता बज्राचार्य,अष्ट्रियामा ज्येष्ठ गैर आवासीय नेपाली तथा नेपाली संस्था ”आना” अध्यक्ष हरि कुमार राणा, स्पोर्ट क्लव भियना सगरमाथा उपाध्यक्ष लक्ष्मण भूजेल, समाजसेवी निलम सिन्चुरी विशेष अतिथिको रुपमा उपस्थित थिए।
त्यसै गरि एनआरएनए अष्ट्रिया पूर्व उपाध्यक्षद्वय कमल थापा र नेत्र खड्का ,पूर्व महासचिव निर्मल पौडेल , पूर्व कोषाध्यक्ष विनोद खड्का , नेसास अष्ट्रिया उपाध्यक्षद्वय रुकमणि पौडेल र नेत्र खड्का , महासचिव अर्जुन घिमिरे , नेपाल आदिवासी जनजाति महासंघ अष्ट्रिया उपाध्यक्ष शेखर लामा , महासचिव सचेता राई, कोषाध्यक्ष मनिषा गुरुङ्गको विशेष उपस्थिति थियो।प्रवक्ता शुभद्रा भण्डारीद्वारा संचालित औपचारिक कार्यक्रममा संस्थाको तर्फबाट स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष अनिता भूजेलले दिएका थिए। राजदूत रेग्मीले कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए अष्ट्रियाले सक्रिय रुपमा कार्यक्रमहरु सफलताको साथ् आयोजना गर्दै आईरहेको र देउसी भैलो जस्तो नेपालको मौलिक पर्वलाई प्रवाशमा समेत जीवित राख्ने कार्य गरेकोमा प्रशंसा गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार