शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

नेपाली जनसंपर्क समिती संग अन्तरकृया कार्यक्रम सम्पन्न

सोमबार, कार्तिक ७ २०७९

 

नेपाली कांग्रेस प्रतिनिधीसभा र प्रदेससभा चुनाव प्रचार प्रसार उपसमितीले प्रवासस्थित नेपाली जनसंपर्क समिती सँग अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । उपसमितिका संयोजक किरण पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथी नेपाली कांग्रेसका प्रवक्ता एबम प्रचार समितिका संयोजक डा प्रकाश शरण महत, विषेसअतिथी केन्द्रिय सदस्य एंब पुर्व जनसम्पर्क समिती विभागीय प्रमुख गोविन्द भट्टराई, केन्द्रिय सदस्य उमेश जङ्ग रायमाजी हुनुहुन्थ्यो । अतिथिको रुपमा केन्द्रिय प्रचार विभाग सदस्य हरु रहनु भएको थियो ।

अन्तरकृया कार्यक्रम को सुरुमा कार्यक्रम को अध्य्क्षता गर्नु भएका उपसमितिका संयोजक किरण पौडेल ले विश्व भरका जनसंपर्क समितिका सदस्य हरुलाई कार्यक्रममा स्वागत गर्दै कार्यक्रमको उदेस्य बारे प्रस्ट पार्नु भएको थियो ।
शुभ दिपआवली, छड, नेपाल संवत इद एंव लोसार पर्व -२०७९ को शुभकामना आदन प्रदान तथा प्रतिनिधि सभा र प्रदेससभा निर्वाचनमा गठवंधन किन आवश्यक र उमेद्वार हरुलाई कसरी विजय गराउन सकिन्छ भन्ने चुनाव लक्षित बातावरण निर्माण र भात्रित्व बिकासनै कार्यक्रमको प्रमुख उदेस्य रहेको कुरा स्पस्ट पार्नु भएको थियो ।

प्रमुख अतिथी डा प्रकाश शरण महतले नेपाली हरुको महान पर्व हरु दसैं तिहार छड तथा नेपाल संवतको शुभकामना दिँदै सुरु गर्नु भएको संवोधनमा पाँच दलिय गठवन्धनको वारेमा स्पस्ट पार्दै समाजवाद उन्मुख लोक्तान्त्रिक संविधान रक्षा, राजनैतीक स्थिरता र देशको आर्थिक समृद्धिको लागि नै यो गठवंधन भएको र हामी सवैले आआफ्नो ठाउबाट गठवंधन लाई विजयी गराउन सक्दोप्रयास गरौ र सामाजिक सन्जाल लाई पोजेटिभ भ्वाइस रेज गरौ भन्ने कुरा राख्नु भयो । चुनाव जित्नैकै लागि यो गठवंधन हैन भन्ने कुरा स्पस्ट पार्नु भयो ।
विषेसअतिथी केन्द्रिय सदस्य एंब पुर्व जनसम्पर्क समिती विभागीय प्रमुख गोविन्द भट्टराई ले नेपाली कांग्रेस ले स्थापना काल देखी वहुल बादमा आधारित लोक्त्रान्त्रिक शासन प्रणालिको लागि लडेको २०४६ सालको आन्दोलन बाम सक्ती सँग मिलेर गरेको र २०६२-६३ मा सशास्त्र क्रान्ति मार्फत राज्य सत्ता प्राप्ती गर्न अगाडि बडेको नेकपा माओवादीले पनि नेपाली कांग्रेसकै नेत्रित्वमा बहुलवादलाई स्विकार गर्दै तत्कालिन राज्य सताको अन्त्य गर्न सहमत भएर अन्तरिम संविधान र संविधान सभा बाट वर्तमान संविधान प्राप्त गर्न सहकार्य गर्दै आएको कुरा स्पस्ट पार्दै २०७४ सालमा बाम गठवंधन गरेर निर्वाचन जिते पनि संविधानको रक्षा हुन नसकेको महसुस गरी संविधान रक्षा, स्थिरता र समृद्धिको नेपाली कांग्रेस सँगको सहकार्य नै आवश्यक देखेर नै अहिलेको नयाँ अवस्थामा हामी प्रवेस गरेको हुनाले गठवंधन र सहयोगी दलले यो चुनाव बाट लिने निती उदेस्य ले देशको आर्थिक समृद्धिको लागि गैर आवासिय नेपाली संघ र प्रवासी नेपाली हरुले समेत समुन्नत नेपालको लागि हातेमालो गरौ भन्ने कुरा राख्नु भयो ।
केन्द्रिय सदस्य उमेसजङ रायमाजी ले लोक्त्रन्त्र भन्दा अर्को सुनौलो ब्यबस्था छैन, लोक्त्रन्त्रको रक्षाकोलागी नै वर्तमान सरकारको निर्माण भएको र राजनैतीक स्थिरता विना आर्थिक समृद्धि संवभम नभएको र एक्लै अगाडि बड्दा पुन लोक्त्रन्त्र धरापमै पर्ने अवस्था देखिएकोले गठवंधन मार्फत निर्वाचनमा जाने केन्द्रिय समितिको एक्मतको निर्णय भएको हुनाले यो निर्वाचनमा स्वदेस तथा विदेसमा हामी जहाँ छौ सवैले एकमत र एक लक्ष्यका साथ वर्तमान लोकतान्त्रिक वाम गठवन्धन लाई विजयी बनाउन सक्दो प्रयास गरौ ।
कार्यक्रममा नेपाली कांग्रेस प्रतिनिधीसभा र प्रदेससभा प्रचारसमितिका सदस्य हरु आनन्द विस्ट अमेरिका, वालकृष्ण पाण्डे भारत, दिल वा गुरुङ जर्मनी,नरेन्द्र भाट कतार, गंगाधर गौतम वेल्जियम,विमल सुबेदी कतार, नारायण सुबेदी जापान, हरिवोल भण्डारी अमेरिका, पूर्ण हमाल प्रोचुगल,नारायण आचार्य नेदरल्यान्ड, सिता सापकोटा बेल्जियम, सालिक गौतम नेदरल्यान्ड सवैले शुभकामना आदनप्रधान र चुनाव लक्षित प्रचार अभियान र जनसंपर्क समितिले खेल्न सक्ने भूमिकाको बारेमा आफ्ना भनाइहरु राख्नु भएको थियो । कार्यक्रममा जनसंपर्क समिती ओसियाना, एसिया, मध्यपुर्व, युरोप, अमेरिका क्षेत्रमा बसोवास गर्ने जनसंपर्क समिती हरुको उपस्थिती रहेको थियो । उहाहरुले नेपाली कांग्रेसले घोषणा पत्रमा विदेसमा रहने नेपाली हरुलाई सहज रुपमा देशमा ब्यक्ती गत तथा संस्था गत लगानी गर्ने वातरण सिर्जना गर्न र कम्तिमा समानुपातिक तर्फको उमेद्वार तथा समानुपातिक मा मत्दान बिदेस बाट गराउन सक्ने गरी आगामी पाँच बर्ष लक्षित कार्यक्रम मा समेट्न सुजाब दिनु भएको थियो ।
नेपाली जनसंपर्क समिती अस्ट्रेलियाका पुर्व सभापति एंव कांग्रेस प्रतिनिधीसभा र प्रदेससभा प्रचारसमितिका सदस्य कृष्णगिरी ले सन्चालन गर्नु भएको कार्यक्रमको अन्त्यमा, अध्यक्ष एंब कार्यक्रम संयोजक किरण पौडेलले आजको उपस्थिती र यहाँ हरुले दिएका सुजाबले प्रचार प्रसार अभियान लाई थप ससक्त बनाउने । नेपाली कांग्रेसले आगामी दिनमा जनसंपर्क समितीलाई अज ससक्त बनाउन्दै थप जिमेवारी कसरी दिन सकिन्छ भनेर अध्ययन गरिरहेको प्रभासमा रहेका नेपाली हरुलाई लगानी मैत्री वातावरण सिर्जना गर्न, विदेश बाट मतदान गर्ने ब्यबस्था मिलाउन सचेत रहेको र केन्द्रलाई यहाँ हरुले आजदिएका सुजाब हरु पनि लिखित रुपमा बुजाउने प्रतिवद्दता ब्यक्त गर्नु भएको थियो ।

धन्यवाद
बिमल सुबेदी
कतार

प्रतिक्रिया
सम्बन्धित समाचार