आइतबार, असोज ३० २०७९
सुर्खेत(जस)–बाढी पहिरोबाट जनधनको क्षती भएको भन्दै कर्णाली प्रदेशका चार जिल्लाकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकारले यहाँका कालिकोट जुम्ला, मुगु, हुम्ला, मुगु र कालिकोट जिल्लाका प्रभावित स्थानीय तहलाई विपद् प्रभावितक संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
सरकारले वैदेशिक लगानीकर्ताहरूका लागि न्युनतम लगानीको सीमा दुई करोड रुपैयाँ तोकेको छ भने विद्यालय क्षेत्र सुधार आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुन २ सय मिलियन अमेरिकी डलर आर्थिक सहायता सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिने समेत निर्णय गरेको छ । सो बारे दातृ निकायसँग बार्ताका लागि सरकारले अख्तियारी दिने निर्णय गरेको छ ।
बाढीपहिराका कारण कर्णाली प्रदेशमा १० हजार सात सय १४ जना घरबारविहीन भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सबैभन्दा धेरै मुगुमा पाँच हजार दुई सय ८२ जना घरबारविहीन भएका छन् । कालीकोटमा एक हजार सात सय ६३, जुम्लामा एक हजार सात सय २५, सल्यानमा छ सय ३९, सुर्खेतमा पाँच सय ६६, हुम्लामा चार सय ७४, दैलेखमा दुई सय सात, डोल्पामा २५, जाजरकोटमा १८ र रुकुमपश्चिममा १५ जना घरबारविहीन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बाढी पहिराबाट कर्णालीमा एक हजार सात सय २० घरधुरी विस्थापित भएका छन् । त्यसमा मुगुमा सात सय २३, जुम्लामा तीन सय ६८, कालीकोटमा दुई सय ३५, सुर्खेतमा एक सय ३९, सल्यानमा एक सय २७, हुम्लामा ७३, दैलेखमा ४४, डोल्पा र रुकुमपश्चिममा चार÷चार तथा जाजरकोटमा तीन घरधुरी विस्थापित भए । यस्तै बाढी पहिरामा परेर कर्णालीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिराबाट जुम्लामा १० जना, मुगुमा आठ, कालीकोटमा छ, हुम्लामा चार, जाजरकोट सल्यानमा तीन÷तीन, दैलेख र डोल्पामा एक÷एक जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बाढी पहिरामा परेर कर्णाली प्रदेशको कालीकोटमा सबैभन्दा धेरै १७ जना बेपत्ता भएका छन् भने दैलेख, जुम्ला र डोल्पामा एक÷एक गरी २० जना बेपत्ता भएका छन् । तीमध्ये एक जना नेपाल प्रहरीका जवान रहेको जनाइएको छ । त्यस्तै बाढीपहिरामा परेर कर्णालीमा २८ जना घाइते भएका छन् । सबैभन्दा धेरै कालीकोटकै १० जना घाइते भएका छन् भने हुम्लामा छ, मुगु र जुम्लामा पाँच÷पाँच जना तथा जाजरकोट र रुकुमपश्चिममा एक÷एक जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा पूर्णरुपमा एक हजार एक सय ४० घर भत्किएका छन् भने आंशिक एक हजार छ सय १२ घर भत्किएका छन् । त्यस्तै बाढी तथा पहिराबाट उच्च जोखिममा एक हजार चार सय ७७ घरधुरी रहेका छन् ।
पाँच दिनसम्म लगातार भएको वर्षाका कारण पानीले कर्णाली प्रदेशको मुगुमा दुई सय ५१, हुम्लामा दुई सय १७ र सल्यानमा ६४ गरी दुई सय ४६ पशुचौपायको मृत्यु भएको छ । बाढीपहिराका बेला उद्धार तथा राहत वितरणमा प्रदेशभर दुई हजार सात सय चार जना प्रहरी परिचालन गरिएको थियो । प्रदेश प्रहरी कार्यालयका अनुसार मुगुमा सात सय ५० जना, सल्यानमा पाँच सय ८०, जुम्लामा दुई सय ६५, रुकुमपश्चिममा दुई सय २९, कालीकोटमा दुई सय २५, जाजरकोटमा दुई सय १७, सुर्खेतमा एक सय ९४, हुम्लामा एक सय १४, दैलेखमा ८० र डोल्पामा ५० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) पोषराज पोखरेलले बेपत्ता व्यक्तिको खोजीकार्यसँगै अन्य क्षतिको विवरण सङ्कलनका लागि नेपाल प्रहरी अहिले पनि प्रभावित क्षेत्रमा खटिइरहेकाले उल्लेखित विवरणमा थपघट हुनसक्ने जानकारी दिए । पहिराले कर्णाली क्षेत्रको अवरुद्ध यातायात आंशिकरुपमा सञ्चालनमा आए पनि पूर्णरुपमा यातायात सञ्चालनमा ल्याउन अझै केही दिन लाग्नेछ । कर्णाली राजमार्ग कर्णाली करिडोर (हुम्ला जाने), रत्न राजमार्गसहित जाजरकोट, दैलेख जाने सडकमा ठूलो क्षति भएको छ ।
‘पूर्णरुपमा विच्छेद भएको सडक सञ्जाल आंशिकरुपमा सञ्चालनमा आएको छ’, प्रदेश प्रहरी कार्यालयका प्रमुख पोखरेलले भने, ‘पूर्णरुपमा विच्छेद भएको कर्णाली करिडोर र कर्णाली राजमार्ग खुल्न अझै महिना दिन बढी लाग्ने देखिन्छ ।’ उनका अनुसार मुख्य राजमार्ग मात्र नभएर कतिपय सहायक राजमार्ग पनि अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन् । पहिराले दर्जनौँ स्थानमा राजमार्ग अवरुद्ध भएपछि राहत र उद्धारमा पनि कठिनाइ भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । विस्थापितलाई सरकारले हेलिकप्टरमार्फत राहत वितरण गरिरहेको पनि डिआइजी पोखरेलले जानकारी दिए । सडक सञ्जाल विच्छेद भएपछि हेलिकप्टरमार्फत टेण्ट, कम्मलसहित अन्य राहतका सामग्री बाढीपहिरो प्रभावित जिल्लामा पु¥याइएको छ ।
विपद् प्रभावित नागरिकको जीवन रक्षामा जुट्न आग्रह
नेपाली कांग्रेसले प्राकृतिक विपतबट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार, राहत र उचित आर्थिक सहायताका लागि तीनै तहका सरकारसँग आग्रह गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले कर्णाली प्रदेशमा हालै बाढीपहिराबाट प्रभावितको उद्धार र राहतमा जुट्न तथा पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि सहयोग पु¥याउन पार्टी सदस्य र भातृ एवं शुभेच्छुक संस्थालाई पनि निर्देशन गरेको छ ।
बैठकले यही असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका रुकुमपश्चिम, मुगु, कालिकोट, हुम्ला, सुर्खेत, जाजरकोट, सल्यान, डोल्पा, जुम्ला र दैलेखमा करिब तीन दर्जन व्यक्तिको मृत्यु, २० जना बेपत्ता र २३ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । बाढी पहिराबाट शनिबारसम्म रुकुमपश्चिममा सात, मुगुमा दुई सय ३६, कालिकोटमा दुई सय ३२, हुम्लामा २८, सुर्खेतमा एक सय २९, जाजरकोटमा १२, सल्यानमा ६७, डोल्पामा पाँच, जुम्लामा तीन ६८ र दैलेखमा दुई सय ७१ घर पूर्णरूपमा क्षति भएका छन् । त्यसैगरी रुकुमपश्चिममा तीन, मुगुमा तीन सय ९९, कालिकोटमा चार सय ३५, हुम्लामा ३२, सुर्खेतमा एक सय २७, सल्यानमा ४२, डोल्पामा छ, जुम्लामा चार सय ४० र दैलेखमा दुई सय ३६ घर उच्च जोखिममा रहेका छन् ।
रुकुमपश्चिममा १५, मुगुमा पाँच हजार दुई सय ८२, कालिकोटमा एक हजार सात सय ६३, हुम्लामा चार सय ७४, सुर्खेतमा पाँच सय ६६, सल्यानमा छ सय २९, डोल्पामा ३२, जुम्लामा एक हजार सात सय २५, दैलेखमा एक हजार छ सय २० र जाजरकोटमा १८ जना स्थानीय बासिन्दा विस्थापित हुन बाध्य भएको बैठकपछि कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कर्णाली राजमार्गका दैलेख, कालिकोट, जुम्ला, मुगुका केही स्थानहरू अवरुद्धसमेत भएका छन् । प्राकृतिक विपद्मा परी जीवन गुमाउनुभएका सम्पूर्णमा बैठकले श्रद्धाञ्जलि अर्पण गर्दै उनहरूका शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij