आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

जनप्रगतिशिल मंच बहराइनद्वारा नव प्रवेशीको स्वागत पार्टी र संगठनलाई मजबुत बनाउन प्रबासमा रहेर योगदान गर्नेलाई संयोजक ओलीद्वारा धन्यवाद ब्यक्त

शनिबार, असोज २२ २०७९

बहराइन,

नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाली जनप्रगतिशिल मन्च बहराइनले आयोजना गरेको बिजय दशमी बिशेष बनभोज तथा स्वागत कार्यक्रम २०७९ उत्साहजनक रूपमा शुक्रबार बहराइनस्थित मुन स्विमिङ्ग पुल खमिसको सभाहलमा संपन्न भएको छ । नेकपा माओवादी केन्द्रका युवा नेता / पश्चिम एसिया नेपाली जनप्रगतिशिल मन्चका संयोजक शनिकुमार ओलिको प्रमुख आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व नेपाली जनप्रगतिशिल मन्च बहरानका अध्यक्ष युबराज केसिले गरेका थिए ।
कार्यक्रममा विभिन्न देशबाट विभिन्न बैचारिक तथा संघ / संगठनका दिग्गज ब्याक्तीत्वहरु बिशिस्ट अतिथिको रूपमा उपस्थित भएका थिए ।
कार्यक्रमको बिशिस्ट अतिथिमा
एनआरएनए मध्यपुर्ब संयोजक राजेन्द्र अर्याल ,राजनीतिक एबं सामाजिक ब्यक्तीत्व राजु शैयद ,नेपाली जनप्रगतिशिल मन्च मध्यपुर्ब सल्लाहकार तथा बहराइनका प्रमुख सल्लाहकार नारायण रपाल बिश्वकर्मा ,प्रबासी मन्च मध्यपुर्ब सचीव शालिकराम पन्तको उपस्थिति रहेको थियो भने बिशेष अतिथिमा नेपालि जनप्रगतिशिल मन्च मध्यपुर्बका सदस्यद्वय कृष्ण लिम्बू , मिनराज नाथ, नेपाली जनसम्पर्क समिति बहराइनका सभापति पदम सुन्दर गुरुङ ,प्रबासी मन्च बहरानका अध्यक्ष हरिकुमार श्रेष्ठ रहेका थिए ।

रास्टिय गानबाट सुरु भएको कार्यक्रम एक मिनेट शहिदहरु प्रती सम्मान स्वरुप मौन धारणा लगतै मन्चका बरिस्ठ उपाध्यक्ष रामु काफ्लेले स्वागत मन्तव्यबाट शुरु भएको थियो । कार्यक्रममा मन्चका सास्कृतिक बिभागका संयोजक कलाकार बामदेब भाटले स्वागत गित मार्फत स्वागत गरेका थिए । नेपाली जनप्रगतिशिल मोर्चा विघटन गरेर जनप्रगतिशिल मन्चमा समाहित भएकालाई स्वागत गरि मुल घरमा प्रमुख अतिथि शनिकुमार ओलिको हातबाट टीका र खादा लगाएर स्वागत गरिएको थियो । जसमा मोर्चाका अध्यक्ष कृष्ण लिम्बू ,पुर्ब महासचिव मिनराज नाथ , उपाध्यक्ष असिम लिम्बु, कोषाध्यक्ष रमेश ठगुन्ना, सहसचिब लोकेन्द्र शाहि रहेका छन । उनीहरुको प्रबेशले अबका दिनहरूमा मंच थप उचाइमा पुग्ने संयोजक ओलिले बताए ।

कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा प्रबासी नेपाली मंच बहराइनका अध्यक्ष हरिकुमार श्रेष्ठ, नेपाली जनसम्पर्क समिति बहराइनका सभापति पदमसुन्दर गुरुङले मंचको उच्च प्रगतिको कामना सहित सहकार्य गरेर नै प्रदेशका सामाजिक कामहरूमा हातेमालो गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
बिशिस्ट अतिथिहरु क्रमश राजु शैयद ,राजेन्द्र अर्याल,मिनराज नाथ, शालिकराम पन्तले मन्चको गतिशीलताको उच्च मुल्यांकन गर्दै थप प्रगतिको शुभकामना ब्यक्त गरेका थिए ।
मंचका प्रमुख सल्लाहकार नारायण रपालले पनि आफ्नो भनाइ राख्दै प्रवासमा भएका नेपालीहरुसँग सहकार्य गर्दै अगाडी बढ्ने बताए । कार्यक्रममा प्रमुख अतिथि पश्चिम एसिया संयोजक शनिकुमार ओलिले पाटी र संगठनलाई मजबुत बनाउन प्रबासमा रहेर पनि नेपाली जनप्रगतिशिल मन्च बहराइनले अहम भुमिका खेलेको र जो जहाँ भए पनि आ-आफ्नो ठाँउबाट समाजबादको लक्ष्य प्राप्तिको लागि परिवर्तनको सुचक बन्न आग्रह गरे । ओलिले आफ्नो भनाई सहित प्रशिक्षण दिए लगत्तै कार्यक्रमका सभाअध्यक्ष मन्चका अध्यक्ष युबराज केसिले बिजय दशमिको शुभकामना सहित कार्यक्रम भब्य / सब्य रूपमा सफल पार्न खटिनु हुने सबैलाई धन्यवाद दिदै समापन गरेका थिए ।
यस कार्यक्रम बिजय दशमी बिशेष बनभोज तथा स्वागत कार्यक्रम २०७९ भब्य र सब्य रूपमा सफल पार्न आफ्नो निमन्त्रणालाई सहर्ष स्विकार्दै आफ्नो महत्त्वपूर्ण समय ब्यतित गर्नु हुने प्रमुख अतिथि ,बिशिस्ट अतिथि ,बिशेष अतिथि ,अतिथी तथा उपस्थित सम्पुर्ण मन्चका जुझारु सदस्यहरु लगायत आगन्तुक शुभचिन्तकहरुमा स-सम्मान हार्दिक धन्यवाद नेपाली जनप्रगतिशिल मन्च बहराइनका महासचिव कल्याण सेन्चुरीले व्यक्त गरेका थिए ।
औपचारिक कार्यक्रम समापन पश्चात् बनभोज कार्यक्रमको निकै उत्साह पुर्बक नाचगान भएको थियो । उक्त कार्यक्रमको संचालन नेपाली जनप्रगतिशिल मन्च बहराइनका उपाध्यक्ष सुक बहादुर कोईराला ( निस्चल ) ले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार