आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

विश्व राजनीतिमा खतरनाक टकराव र नयाँ विश्व ब्यबस्थाबारे बहस

विश्वका प्रधान अन्तरविरोधहरुको स्वरुप बदलिँदै !

शनिबार, असोज २२ २०७९

डिल्ली अम्माई

बिज्ञानले भन्दछ,समयको गतिलाई ब्रमाण्डको आफ्नो नियमले मात्र नियन्त्रण गर्न सक्ला तर एउटा सानो ग्रहमा रहेका मानव वा सामान्य जिव जगतका कुनैपनि उपक्रमले रोक्न सक्दैन। ईतिहाँसको एक प्रवाहलाई मानव पराक्रमले केहि समय नियत्रण गर्न सक्ने सम्भावनालाई नकार्न मिल्दैन तर चेतनाको उच्च विकासले पनि भुतकालको घटनाको पुनरावृति र बर्तमानलाई सदैव समान प्रकारले नियन्त्रण गर्ने कुरा असम्भव छ।

पुरानो भौतिक स्वभाव र प्रक्रिया रुपान्तरण गर्ने मुख्य माध्यम बस्तुहरुबिच हुने बिपरित स्वभावका तत्वहरु बिचको अन्तरक्रियात्मक संघर्ष हो। चाहे ब्रह्माण्डमा होस् ,चाहे धरतीमा वा सृष्टिको कुनै पनि क्षेत्रमा पदार्थ र सक्ति बिचको संघर्षले गति पैदा गर्छ। गति र पदार्थ बिचको टक्करबाट गुरुत्व बल र समयको उत्पत्ति हुन्छ। यी सबै क्रिया प्रतिक्रियालाई अन्तरक्रियात्मक संघर्ष भनिन्छ।

अन्तरक्रियात्मक संघर्ष सानो परिणाममा रहुन्जेल सृजनात्मक र नियन्त्रित हुन्छ। तर त्यो बिपरित बिचको संघर्षले असिमित रुप धारण गर्यो भने त्यसको नियन्त्रण हुन असम्भव हुन्छ। त्यो विधिको असिमितताले सृष्टिका सबै सृजना खान थाल्दछ। त्यसले क्रमिक प्रगतिको रुप बदलेर बिनासको रुप लिन्छ वा रुपान्तरण भएर अर्को मौलिक रुपमा फेरिन्छ ।

ब्रह्माण्डमा जस्तै वैश्विक समाज बिकासमा र राजनैतिक स्वरुपको निर्धारणमा पनि अन्तरविरोध तथा रुपान्तरणको यहि भौतिक नियम लागु हुन्छ। खगोलिय उथलपुथलहरु पनि समागम,टक्कर र रुपान्तरणकै प्रक्रियाबाट गुज्रने हुन्छन। पदार्थ सक्तिमा फेरिदा हजारौं गुणा शक्तिशाली बन्दछ।

पदार्थमा जस्तै चेतनाको रुपान्तरण प्रतिक्रियाले कालान्तरमा त्यसको पूर्ववत रुपलाई निर्णायक रुपले फेर्नु पर्ने भौतिक नियमको सार हो। त्यसैले ईतिहाँस देखि अहिलेसम्म एकता,बिकास र रुपान्तरणको नियमलाई कसैले पनि नियन्त्रण गर्न सकेको छैन। भौतिकीको यो नियम कसैको र कहिल्यै नियन्त्रणमा आउन सक्ने सम्भावना पनि छैन।

माथि भनिएको सभ्यताको बिकासक्रम भन्नाले मानव सभ्यता,संस्कृति र समुदायबिचको राजनैतिक तथा आर्थिक चरित्र भनेर बुझ्नु पर्छ। यसका चरित्रहरूमा मुख्यतया स्थानिय,राष्ट्रिय तथा विश्वस्तरिय प्रभावको आधारमा व्याख्या गर्न सकिन्छ ।

विश्व स्तरिय मानव सभ्यताका विभिन्न चरित्रहरुलाई भूमण्डलीकृत राजनैतिक तथा आर्थिक प्रवृतिको रुपमा बुझ्ने गरिन्छ। ऐतिहाँसिक परिघटना र राजनैतिक शासकीय दवावहरुमार्फत विभिन्न स्तरका सामाजिक वा अन्तर देशीय अन्तर्विरोधको चक्रले बर्तमान राज्य वा विश्व ब्याबस्थाको निर्माण भएको हो। अहिले परम्पराबादी सामाजिक अन्तरबिरोधहरुका अनन्त सृंखला पार गरेर विश्व भूमण्डलीकृत उदार पुजिबाद,बजार अर्थतन्त्रको चरणसम्म आइपुगेको छ। जसलाई हामीले बित्तिय पुजिबादको अन्तिम अबस्थाको रुपमा बुझ्दछौं।

यो लेखमा अबको वैश्विक आर्थिक,राजनैतिक र सामरिक रुझानले संसारको भविष्यलाई कतातर्फ संकेत गरेको छ ? बुझ्न मद्धत गर्ने छ।

प्रारम्भ:

अहिले त्यो पुंजिबादको नेतृत्व अमेरिका र पश्चिम युरोपले गरेका छन्। औद्योगिक पुंजिबादलाई बित्तिय पुजिबाद र त्यसलाई पनि आधुनिक बिध्युतिय टेक्नोलोजीले नियन्त्रण गर्दै लागेको छ र त्यसको नेतृत्व अमेरिकाले गरिरहेको छ।

एकातिर उत्तर अमेरिकाले बहुराष्ट्रिय कम्पनि मार्फत बित्तिय पुजिबादलाई ससर्त तेश्रो विश्वमा ऋण दिएको छ र त्यसै मार्फत तेश्रो विश्वमा आफ्ना बित्तिय लगानी मार्फत बजार अर्थतन्त्रको निर्यात गरेको छ भने अर्कोतर्फ दलाल सरकार बनाएर आफ्नो माल बेच्ने उपभोक्ताबादी अर्थतन्त्र र संस्कृतिको निर्माणमा जोड दिएको छ।

बिग डाटाको विकास, कम्प्युटरको गणना गर्ने क्षमतामा गुणात्मक फड्को,एआईको विकास एवं जैविक रासायनिक र प्राविधिक क्षेत्रमा देखिएको फड्कोका कारण अबको सामाजिक–आर्थिक रूपान्तरणको स्वरूप विगतको भन्दा नितान्त भिन्न हुने देखिन्छ। अबको वैश्विक मानवको प्रधान अन्तरविरोध पनि सफ्टवेयरका मालिक प्लस बहुराष्ट्रिय कम्पनीका मालिक भर्सेज राज्य, प्रविधि सम्पन्न देश भर्सेज तेश्रो विश्व र विश्वभरका उपभोक्ताबीच हुने देखिन्छ। संसारभर अबको राजनैतिक तथा सूचना नियन्त्रण सफ्टवेयर डाटा मालिकहरुले आफ्नो हितमा गरे भने अन्यथा मान्नु पर्दैन ।

त्यसैले पश्चिमा साम्राज्यबादले बित्तिय रुपमा गरिब देशहरुलाई उत्पादन संगसंगै प्रबिधिको क्षेत्रमा समेत आफ्नो औपनिबेशिकता लादेकोले तेश्रो विश्व आत्मनिर्भर हुन सकिरहेको छैन। बहुराष्ट्रिय कम्पनि र आधुनिक प्रबिधिमा आधारित बित्तिय पुजिबादको यो एकाधिकार निरंकुशताबाट मुक्त हुने एक मात्र उपाए भनेको साम्राज्यबादको बिरुद्ध अर्को …………….

प्रतिक्रिया
सम्बन्धित समाचार