सोमबार, असोज ५ २०८३

सोमबार, असोज ५ २०८३

विश्वकपका लागि नेपाली स्वयंसेवक र मार्सलका लागि आजदेखि अन्तरवार्ता, यस्तो छ एनआरएनए कतारको सूचना

सोमबार, असोज १० २०७९

काठमाडौं । कतारमा आयोजना हुन लागेको बहु प्रतीक्षित फिफा बिश्वकपका लागि कतार स्थित आप्रवासी समुदायहरुबाट विभिन्न क्षेत्रमा सहभागी गराउने कार्यक्रम अन्तर्गत आकर्षक सेवा सुबिधा सहितको तलबमा स्वयंसेवक र मार्सल पदहरुमा आजदेखि अन्तरवार्ता शुरु हुदैछ । एनआरएनए कतारका अनुसार सो ४ महिने रोजगारीको अवसर नेपाली समुदायलाई पनि उपलब्ध गराउने जानकारी सहित २६ सेप्टेम्बर सोमबार देखि २९ सेप्टेम्बर बिहीवार साझ ६ः०० बजे देखि राती १० बजे सम्म लुसेल स्थित कतार च्यारिटिको हेडक्वाटरमा अन्तरबार्ता हुनेछ। कतारमा रोजगारीको खोजिमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई यस अवसरमा सहभागी गर्न गराउन सम्बन्धित सबैले सहयोग गरिदिन एनआरएनए कतारले अनुरोध गरेको छ ।

आदरणीय कतारमा स्थापित नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ज्युहरु साथै पत्रकार ज्यूहरु सम्पुर्णमा नमस्कार !

विषय: फिफा गतिबिधिका लागि नेपाली स्वयंसेवक र मार्सल सम्बन्धमा।

उपरोक्त सम्बन्धमा कतारको परोपकारी संस्था कतार च्यारिटी द्वारा आउदै गरेको बहु प्रतीक्षित फिफा बिश्वकपका लागि कतार स्थित आप्रवासी समुदायहरुबाट विभिन्न क्षेत्रमा सहभागी गराउने कार्यक्रम अन्तर्गत आकर्षक सेवा सुबिधा सहितको तलबमा स्वयंसेवक र मार्सल पदहरुमा ४ महिने रोजगारीको अवसर नेपाली समुदायलाई पनि उपलब्ध गराउने जानकारी सहित २६ सेप्टेम्बर सोमबार देखि २९ सेप्टेम्बर बिहीवार साझ ६:०० बजे देखि राती १० बजे सम्म लुसेल स्थित कतार च्यारिटिको हेडक्वाटरमा अन्तरबार्ता हुने जानकारी गराउदछौ। कतारमा रोजगारीको खोजिमा रहनुहुने नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई यस अवसरमा सहभागी गर्न गराउन सम्बन्धित सबैले सहयोग गरिदिन अनुरोध गरिन्छ।

काम शुरु मिति : १ अक्टोबर २०२२ देखि
काम गर्ने अवधी : १२ घण्टा , ६ दिन हप्तामा
आवस्यक डकुमेन्टहरु:
– कतार आई डि कपि
– पासपोर्ट कपि
– निलो पासपोर्ट साइजको फोटो
– भ्याक्सिन सर्टिफिकेट कपि

नोट: अङ्ग्रेजी भाषामा दक्ष भएका आबेदकहरुलाई प्राथमिकतामा राखेको जानकारी गराईन्छ।

अन्तरबार्ता हुने स्थान:https://maps.app.goo.gl/JQGFspNSSB4Stosu8?g_st=iw

दिपजङ्ग शाह ठकुरी
सचीव
गैरआवासिय नेपाली संघ, राष्ट्रि
य समन्वय परिषद कतार

प्रतिक्रिया
सम्बन्धित समाचार