सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३

मिलाप सम्मेलन अहिलेसम्मकै उत्कृष्ट हुनेछ : डन्डपानी कँडेल(डिपी) क्षेत्रीय संयोजक, एनआरएनए एशिया प्याशिफिक

शुक्रबार, भाद्र १० २०७९

डन्डपानी कँडेल(डिपी)
क्षेत्रीय संयोजक, एनआरएनए एशिया प्याशिफिक

गैरआवासीय नेपाली संघ एनआरएनए एशिया प्याशिफिक क्षेत्रीय ९औं बैठक तथा दोस्रो विज्ञ सम्मेलन यही अगष्ट २६ देखी २८ सम्म थाइल्याण्डको बैंककमा हुंदैछ । सम्मेलनको तयारी सकिईसकेको छ भने अतिथीहरुले थाइल्याण्ड भरिभराउ भएको छ । उक्त सम्मेलनको बारेमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एशिया प्यासिफिक क्षेत्रिय संयोजक डन्डपानी कँडेल(डिपी) सँग जनसवाल रास्ट्रीय दैनिकले गरेको कुराकानीको सारसंक्षेप :

एशिया प्यासिफिक क्षेत्रिय सम्मेलन कसरी सम्पन्न गर्दै हुनुहुन्छ ?
एशिया प्यासिफिक क्षेत्रिय सम्मेलनको सम्पुर्ण तयारी पुरा भैसकेको छ । धेरै पहिले देखी नै हामी कार्यक्रम सफल बनाउन खटिरहेका थियौ । अव सम्पुर्ण तयारी सकेर आगन्तुक स्वागत गरिरहेका छौ । अहिलेसम्म धेरै अतिथीहरु आइसक्नुभएको छ भने केही आउने क्रममा हुनुहुन्छ । अगस्ट २६ देखि २८ सम्म मिलिनियम होटलमा कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गर्दैछौ । यसको सबै तयारी पूरा गरि कार्यक्रमलाई उत्कृस्ट बनाउने कोशिसमा छौ ।

यो क्षेत्रिय सम्मेलनको उद्देश्यका बारेमा केही बताइदिनुस न ?
गैरआवासीय नेपाली संघको ६ वटा क्षेत्रहरु रहेका छन् तीमध्ये एशिया प्रशान्त क्षेत्र एक रहेको छ । सबै क्षेत्रहरुले आ आफ्नो क्षेत्रमा फरक फरक समयमा क्षेत्रिय सम्मेलन गर्ने गर्दछन । एसिया–प्रशान्त क्षेत्रले दशौं महाधिवेशन सकिएपछि पहिलोपटक ’मिलाप टुगेदर वि स्ट्यान्ड’ थाईल्यान्डमा आयोजना गरेको हो । हाल गैरआवासीय नेपाली संघमा भएको आन्तरिक समस्यालाई न्यून पार्ने सम्मेलनको मुख्य ऊद्देश्य रहेको छ । यो सँगै नेपालमा पर्यटन प्रवर्द्धनको लागि हामीले यो सम्मेलन कोषेढुंगा ठानेका छौ । सम्मेलनमाएसिया–प्रशान्तमा रहेका १३ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद लगाएत ३० भन्दा बढी देशबाट करिव ४०० प्रतिनिधीहरुको उपस्थिति रहनेछ । एसिया–प्रशान्तमा रहेका १३ एनआरएनए एनसिसिमा रहेका नेपालीहरूको अवस्था, सीप,ज्ञान लगानी नेपालमा कसरी भित्र्याऊन सकिन्छ , श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन, बिदेशमा बस्ने नेपालीहरुलाई मताधिकार सुनिश्चितताको लागि पहल गर्ने हाम्रो ऊद्देश्य रहेको छ । हामीले उक्त सम्मेलनमा नेपालबाट कार्यक्रममा नेपाल सरकारका श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर,एमाले सांसद डा. सूर्य पाठक,नेकपा माओवादी केन्द्रका प्रवास संगठनका अध्यक्ष एबं पोलिटब्युरो सदस्य ओम शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, व्यवसायी राजेन्द्र खेतान लगायत,बिभिन्न सन्चार माध्यमका पत्रकारहरु, बिभिन्न देशबाट प्रतिनिधीहरु र कलाकारहरु धेरै आइसके भने केही आउँदै छन । कार्यकममा मनोरञ्जनको लागि स्थानीय कलाकारका अतिरिक्त, नेपालका चर्चित गायक कुमार पुन, कलाकार सन्दिप क्षेत्री, सुमन कोइराला, भरतमणी पौडेल, श्याम सितललगायतको प्रस्तुती रहनेछ । उपस्थितिको हिसावले यो क्षेत्रिय सम्मेलन अहिलेसम्मको ठूलो हुनेछ ।

सम्मेलनमा कस्तो–कस्तो सेसनहरु रहेका छन ?
सम्मेलनमा युवा,महिला,श्रम,लगानीलगाएतका धेरै कार्यक्रम राखेका छौ । हामीले विविध सेसन अन्तर्गत एशिया क्षेत्रमा रहनुभएका युवा, महिला,श्रमिकहरूको समस्या र समाधान र उनीहरुको सिप,ज्ञान योगदान विषयमा पनि बहस गर्नेछौ ।

हाल नेपालमा डलरको कमी भैरहेको छ यसको लागि एनआरएनको यो सम्मेलनमा केही विषय समावेश होला ?
गैरआवासीय नेपाली संघ स्थापनाकालदेखि नै नेपालमा सामुहिक लगानी भित्र्याऊने र समृद्ध नेपालको परिकल्पनाको बारेमा अग्रणी भूमिका खेलिरहेको छ । विदेशमा बसेका गैर आवासीय नेपालीले नेपालमा लगानी गर्ने वातावरण सृजना गर्न, विदेशमा रहेका नेपालीहरुले डलर एकाउन्ट खोलेर मोबाइल बाट पैसा नेपाल ट्रान्सफर गर्न समस्या परिरहेको छ । उक्त समस्या समाधान गर्न सम्वन्धित देशको बैंकसँग सम्झौता या सहकार्य र समन्वय गर्न,रास्ट्रबैंक र बैंकर्सहरुलाई हामिले उक्त कार्यक्रममार्फत आग्रह गर्दछौ । हामी गैरआवासीय नेपालीको हकमा नेपालीहरु सरह लगानी गर्ने वातावरण हुनुपर्ने माग राख्दछौ । हाम्रो सँस्थाको पहिला देखिकै धेरै सामुहिक लगानीका आयोजनाहरु रहेका छन । यसको लागि नेपाल सरकारले नीति र कानुनी व्यवस्था सजिलो बनाउन सक्यो भने नेपालमा विदेशबाट लगानीको साथसाथै रेमिट्यान्स धेरै ठुलो मात्रामा भित्रनेछ । सबैभन्दा ठुलो कुरा सरकारले लगानी भित्र्याऊन विविध योजना ल्याउनुपर्छ । सरकारले हालै ल्याउन लागेको गैर आवासीय नागरिकताले पनि नेपालमा बिदेशी मुद्रा भित्रनेछ । यस बारेमा हामिले सम्मेलन बाट नै सरकारको ध्यानाकर्षण गर्दछौ ।


अन्त्यमा केही बताउनोस न ?
थाइल्याण्डमा भैरहेको मिलाप सम्मेलनलाई नाम अनुसारको बनाउन हामी लागिरहेका छौ । सम्मेलनलाई भव्य बनाउन बिश्वबाट उपस्थित गैर आवासीय नेपालीहरुलाई हाम्रो अनुरोधलाई स्विकार्दै आउनुभएकोमा हार्दिक आभार ब्यक्त गर्दै स्वागत गर्दछु । यो सम्मेलनमा ३० भन्दा बढी देशका करिव ४०० प्रतिनीधी उपस्थिती भएकोमा अत्यन्तै खुशी भएको छु । मिलाप नाम दिइएको यो सम्मेलनमा महिला, युवा लगायत क्षेत्रीय तथा अन्तराष्ट्रिय छलफल हुने भएकाले यसलाई महत्वका साथ हामिले हेरेका छौ । गैर आवासीय नेपालीलाई माटोसँग कसरी जोड्ने भन्ने आफुहरुको योजना रहेकोले सम्मेलनले दोस्रो पुस्ता नेपालसँग जोड्न सघाउ पुग्ने छ ।नेपाली उत्पादन बजारीकरण गर्न पनि सम्मेलनले सघाउ पुग्ने र बजार प्रवद्र्नका लागि गैरआवासीय नेपालीले भूमिका खेल्ने बारेमा सम्मेलनमा छलफल हुनेछ । उक्त कार्यक्रमको नाम नै मिलाप राखिएकाले हाल एनआरएनएमा देखिएको विवाद उक्त सम्मेलनपछि अन्त्य हुने पनि आफुहरुले आकलन गरेको छ । संघको १० औं महाधिवेशन पछि आयोजना हुन लागेको पहिलो एशिया प्याशिफिक क्षेत्रीय सम्मेलन महत्वपूर्ण हुनेछ । उक्त कार्यक्रममा अध्यक्ष डा बद्री केसीले कार्यक्रमको नतिजा राम्रो निकाल्ने गरि सम्पन्न गर्न सुझाव दिए । उनले संघभित्रको एकतालाई अझै रचनात्मक बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए । वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानीलगायतका बिषयमा सम्मेलनमा बृहत छलफल हुने भएकोले सम्मेलन अर्थपुर्ण रहेको छ । कार्यक्रममा उपस्थित सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।

जनसवाल राष्ट्रिय दैनिकको २०७९ भाद्र ९ गते बिहीबारको इपेपर

जनसवाल राष्ट्रिय दैनिकको २०७९ भाद्र ९ गते बिहीबारको इपेपर

प्रतिक्रिया
सम्बन्धित समाचार